भक्तपुरका १३४ सम्पदा पुनःनिर्माण « Khabarhub

भक्तपुरका १३४ सम्पदा पुनःनिर्माण


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– गोरखा भूकम्पको छ वर्षको अवधिमा भक्तपुरमा भूकम्पले क्षति गरेका पुरातात्विक महत्वका सम्पदामध्ये १३४ वटा साना ठूला सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भक्तपुरमा २१३ वटा सम्पदामा क्षति पुगेको थियो । तीमध्ये १३४ वटाको पुनःनिर्माण सम्पन्न भएको स्मारक संरक्षण तथा दरबार हेरचाह अड्डा भक्तपुरले जनाएको छ ।

भूकम्पले क्षतिग्रस्त १२ वटा सम्पदाको पुनःनिर्माण कार्य भइरहेको र २० वटा सम्पदा पुनःनिर्माणको चरणमा रहेको स्मारक संरक्षण तथा दरबार हेरचाह अड्डा भक्तपुरका ई मोहनसिं लामाले जानकारी दिए ।

भूकम्पले भक्तपुरका चार स्थानीय तहमध्ये भक्तपुर नगरपालिकामा सबैभन्दा धेरै सम्पदा क्षति गरेको थियो । सम्पदाको धनी भक्तपुर नगरका १४५ वटा सम्पदामा क्षति भएको थियो । त्यसैगरी मध्यपुर थिमि नगरपालिकामा २३, सूर्यविनायक नगरपालिकामा २९ र चाँगुनारायण नगरपालिकामा १६ सम्पदामा क्षति पुगेको ई लामाले बताए ।

भक्तपुर नगरपालिकाको क्षतिग्रस्त १४५ सम्पदामध्ये १०८ वटा सम्पदाको पुनःनिर्माण र जीर्णोद्वार सम्पन्न भएको नगरप्रमुख सुनिल प्रजापतिले बताए । उनका अनुसार भक्तपुर नगरमा हालसम्म २३ मन्दिर, ४० पाटी, ६ द्योछें, ३ प्रवेशद्वार, ८ पोखरी, ७ इनार, ८ सत्तल, ७ ढुङ्गेधारा र अन्य ६ वटा सम्पदा पुनःनिर्माण र जीर्णोद्वार सम्पन्न भएका छन् भने अन्य डेढ दर्जनभन्दा बढी सम्पदा जीर्णोद्धारको क्रममा रहेको छ ।

चालु आर्थिक वर्ष भक्तपुर नगरभित्र विश्वप्रसिद्ध ङातापोल्हँ मन्दिर (पाँचतल्ले मन्दिर) जीर्णोद्धार, दरबार क्षेत्रस्थित वत्सला मन्दिर पुनः निर्माण, भक्तपुर नगरपालिका–४ स्थित चपाल भैरव द्यो छेँ पुनःनिर्माण, भक्तपुर–५ ल्योसिंख्योस्थित च्यासिंदेगः पुनःनिर्माण, भनपा–६ स्थित भोलाछेँ पुखु जीर्णोद्धार, भनपा–७ स्थित गय् भिंद्यो पुललगायतका कार्य सम्पन्न भएको उनले बताए ।

मध्यपुर थिमिमा ७ वटा सम्पदाको पुनःनिर्माण सम्पन्न भइसकेको छ । त्यस्तै २ वटाको पुनःनिर्माण भइरहेको र ४ वटाको शुरु हुने चरणमा रहेको छ । चाँगुनारायण नगरपालिकामा १० वटा सम्पदाको पुनःनिर्माण सकिएको छ । यहाँ ४ वटाको पुनःनिर्माण भइरहेको छ भने ४ वटाको शुरु गर्ने तयारी भइरहेको छ ।

सूर्यविनायक नगरपालिकामा क्षतिग्रस्त २९ सम्पदा मध्ये हालसम्म जम्मा ९ वटाको मात्र पुनःनिर्माण भएको छ । २ वटाको पुनःनिर्माण भइरहेको र ६ वटा पुनःनिर्माणको चरणमा रहेको ईं लामाले बताए ।

चालु अर्थिक वर्ष २०७७/०७८ मा राष्ट्रिय कला सङ्ग्रहालयको जिम्मेवारीमा २८ र स्मारक संरक्षण तथा दरवार हेरचाह अड्डाको जिम्मेवारीमा १२ वटा सम्पदा पुनःनिर्माणको जिम्मेवारी तोकिएको थियो । तर ती दुई वटै निकायले तोकिएको जिम्मेवारी पूरा गर्न भने नसक्ने भएको छ ।

कला सङ्ग्रहालयको जिम्मेवारी तोकिएका २८ मध्ये १५ वटाको मात्र लागत अनुमान पेश गरिएको छ । त्यसमा ५ वटाको पुनःनिर्माण सकिएको र १० वटाको कार्य भइरहेको छ । त्यस्तै १३ वटा सम्पदाको लागत अनुमानसमेत तयार हुन नसकेको ई लामाले बताए ।

त्यस्तैगरी स्मारक संरक्षण तथा दरवार हेरचाह अड्डाको जिम्मेवारीमा परेका १२ मध्ये २ वटाको मात्र कार्य सम्पन्न भएको छ भने ९ वटाको कार्य भइरहेको छ । एउटा सम्पदाको कुनै कार्य हुन नसकेको ई लामाले बताए ।

केही सम्पदाको विस्तृत अभिलेखीकरण नभएको कारण पुनःनिर्माण वा संरक्षण कार्यमा केही परिवर्तन वा थप कार्य गर्नुपर्ने बाध्यता रहनु र सम्पदाको पुनःनिर्माण/संरक्षणको क्रममा आकस्मिक रुपमा आइपर्ने विविध कठिनाइ र चुनौतिले गर्दा पनि सम्पदाको पुनःनिर्माणमा ढिलाइ भइरहेको छ ।–रासस

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  १० : ४६ बजे

सत्याग्रहमा रहेका डा. केसीलाई धर्मशाला खाली गर्न समितिको पत्र 

धनगढी– धनगढीस्थित कृष्ण मन्दिर धर्मशाला व्यवस्थापन समितिले अनिश्चितकालीन सत्याग्रहमा रहेका

व्यवसायीलाई बालेनले भने : निर्यातजन्य उद्योगका समस्या समाधान गर्छौँ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका प्रमुख निर्यातजन्य उद्योग व्यवसायसँग सम्बन्धित

 करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

भद्रपुर– झापाको कमल गाउँपालिका–५ पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर

बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दीनले दिए राजीनामा

काठमाडौं– बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दीनले पदबाट राजीनामा दिएका छन्। स्वास्थ्य

आईभीएफ सेवा व्यवस्थित बनाउन छुट्टै ऐन र कार्यविधि निर्माणको तयारी

काठमाडौं– नेपालमा इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेवालाई सुरक्षित, गुणस्तरीय र