सबै अस्पताललाई सेवा र लाग्ने शुल्क सार्वजनिक गर्न निर्देशन « Khabarhub

सबै अस्पताललाई सेवा र लाग्ने शुल्क सार्वजनिक गर्न निर्देशन


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना संक्रमितको उपचारमा चर्को शुल्क असुल्ने गरेको जनगुनासो बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालहरुलाई सेवा र लाग्ने शुल्क सार्वजनिक गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कोभिड संक्रमितको उपचार गर्दै आएका सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई सात दिनभित्र सम्बन्धित अस्पतालबाट प्रवाह हुने सेवाको प्रकार, सोको लागत रकम, शीर्षकसमेत उल्लेख भएको मूल्यसूची र सञ्चालक समितिको आधिकारिक निर्णय आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्न निर्देशन दिएको छ ।

त्यस्तै मन्त्रालयले सबैले देख्नेगरी सूचना पार्टी टास गर्न समेत भनेको छ ।

अस्पतालहरुले अक्सिजनको शुल्क लिने, अनावश्यक परीक्षण गर्न लगाई बिरामीमाथि थप आर्थिक भार बढाउने, उपचारको लागि आवश्यक पर्ने सामग्रीहरुको बन्दोबस्त गर्न बिरामी आफैलाई लगाउने, आवश्यकता भन्दा बढी औषधि तथा स्वास्थ्य सामग्री खरिद गर्न लगाउने गरेको गुनासो आएको स्वास्थ्य मन्त्रालय अन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  १० : १० बजे

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले