स्वास्थ्यकर्मीमाथि भएको आक्रमणबारे छानबिन समितिले बुझायो प्रतिवेदन « Khabarhub

स्वास्थ्यकर्मीमाथि भएको आक्रमणबारे छानबिन समितिले बुझायो प्रतिवेदन


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– नेपालगञ्जस्थित भेरी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमण घटनाको वास्तविकता बुझ्न गठित छानबिन समितिले बाँकेका प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन बुझाएको छ।

सहायक प्रजिअ शङ्कर विष्टका संयोजकत्वमा गठित सात सदस्यीय समितिले प्रजिअ शिवराम गेलाललाई सोमबार प्रतिवेदन बुझाएको हो।

उक्त प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन। संयोजक विष्टले कोरोना महामारीका कारण भेरी अस्पतालमा भएको जनशक्ति अभाव, घटना भएको दिन उत्पन्न परिस्थिति, जनशक्ति अभावलगायत समस्या र त्यसको दीर्घकालीन समाधानका लागि प्रतिवेदनमा सुझाव दिइएको बताए।

उनका अनुसार छानबिन समितिले घटनाको स्थलगत अध्ययन, कुटपिट गरिएका चिकित्सक र स्वास्थ्यकर्मी, पीडक, घटनाका प्रत्यक्षदर्शी र बिरामीका कुरुवासँग समेत सोधपुछ गरेर प्रतिवेदन तयार पारेको छ। उक्त प्रतिवेदनमा घटना हुनुको कारण र दीर्घकालीन समस्या समाधानको पाटालाई पनि समावेश गरिएको छ।

गत बिहीबार दाङका कोरोना सङ्क्रमित ५३ वर्षीय डिल्ली रावतको उपचारका क्रममा मृत्यु भएपछि मृतकका भाइ मानबहादुर,छोरा भरत र लोकराज लगायतले भेरी अस्पतालमा काममा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नाका साथै सघन उपचार कक्षमा तोडफोड गरेका थिए। घटनामा संलग्न विरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाइएको छ। सोही घटनाको छानबिनका लागि समिति गठन गरिएको हो।

भेरी अस्पताल विकास समितिका दुई सदस्य, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक, नेपाल चिकित्सक सङ्घका दुई सदस्य र नर्सिङ तर्फबाट एक सदस्य रहने गरी समिति बनाइएको थियो।

अहिले भेरी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षालाई ध्यानमा राखी प्रहरी नायब निरीक्षकका नेतृत्वमा २५ प्रहरी सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  १० : ३८ बजे

रास्वपा बैठक छलेका बालेन मनोनीत हुनेहरूको नामसमेत रविलाई नदिई हिँडेका थिए मुस्ताङतिर

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पहिलो महाधिवेशनको दुई

रास्वपाले जेन-जी सांसद पुरुषोत्तमलाई बनायो सहमहामन्त्री

काठमाडौं– जेन-जी अभियान्ता पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टीको सह महामन्त्री

काठमाडौंको फोहर व्यवस्थापनसम्बन्धी छलफलमा अचानक ‘फायर’ भइन् आशिका

काठमाडौं- काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापनसम्बन्धी छलफलमा चर्काचर्की भएको छ ।

जल, खाद्य, ऊर्जा तथा विपद् उत्थानका लागि अघि बढौँ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ‘सुपर एल निनो’को

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौं– प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न निकायबाट पछिल्लो