अधिकांश स्थानमा भारी वर्षा, तटीय क्षेत्रमा बाढीको जोखिम | Khabarhub Khabarhub

अधिकांश स्थानमा भारी वर्षा, तटीय क्षेत्रमा बाढीको जोखिम


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

मनसुनी वायुको प्रभावले प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकीसहितका देशका सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षा भएको छ । कयौँ स्थानमा भारी वर्षा भइरहेको छ जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो र राति पनि अधिकांश स्थानमा भारी वर्षा हुने भएकाले तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

तनहुँको बिमल नगर, बन्दीपुर र सखर, चितवनको कालीखोला, सिन्धुलीको मरिनखोला, मकवानपुरको सिलिंगेलगायतका वर्षा मापन केन्द्रमा भारी वर्षा मापन गरिएको बाढी सूचना केन्द्रले जनाएको छ ।

सिन्धुलीको कमला नदी, रानीबास बाढी मापन केन्द्रमा जलसतहले खतरा तह पार गरेपछि धनुषा, सिरहालगायत तल्लो तटीय क्षेत्र तथा डुबान भईरहने क्षेत्रहरुमा रहनेहरुलाई राति सम्मै सतर्कता अपनाउन  बिहान साढे ५ बजे नै एसएमएसमार्फत सूचना पठाइएको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  ६ : ४१ बजे

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेँलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ