आजदेखि आन्तरिक उडान खुला, दैनिक ६७ वटा उडानको अनुमति « Khabarhub

आजदेखि आन्तरिक उडान खुला, दैनिक ६७ वटा उडानको अनुमति


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ —  दुई महिनाभन्दा बढी बन्द भएको आन्तरिक उडान आजदेखि सञ्चलानमा आएको छ ।

कोरोना भाइरसको दोस्रो लहरपछि वैशाख २० गतेदेखि बन्द गरिएको आन्तरिक उडान ६९औँ दिनमा सञ्चालन आएको हो ।

मन्त्रिपरिषद्‌को असार ७ को  निर्णयानुसार आन्तरिक उडानका लागि चारवटा वायुसेवाका  दैनिक ६७ उडानलाई अनुमति दिइएको नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार बुद्ध एयरलाई दैनिक ३१, यतिलाई १५, श्री एयरलायन्सलाई १० र सौर्य एयरलायन्सलाई ३ वटा नियमित उडान अनुमति दिइएको छ । उडानका लागि बिहान साढे ६ देखि बेलुका ६ बजेसम्मको समय तोकिएको छ । तर देशका अधिकांश स्थानमा भारी वर्षा भएकाले आजको उडान निर्धारित समयानुसार नभएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

संक्रमणको जोखिम नटरेकाले जहाज कम्पनीलाई १० मिनेटको अन्तरालमा उडान गर्न, प्रत्येक उडानसँगै जहाज स्यानिटाइज गर्नु पर्ने, यात्रुको लगेजसमेत स्यानिटाइज गरी विगतका मापदण्डलाई पालना गर्न भनिएको छ ।

संक्रमण घट्दै गए तथा यात्रुको चाप बढेमा हाललाई दिइएको ५० प्रतिशत उडान अनुमति बढाउन सकिने सरकारी पक्षले जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  ६ : ५६ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको