सवारी ज्यान मुद्दामा सांसदका छोरा पुर्पक्षका लागि जेल चलान « Khabarhub

सवारी ज्यान मुद्दामा सांसदका छोरा पुर्पक्षका लागि जेल चलान


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- सवारी ज्यान मुद्दामा  विराटनगर–५ बरगाछीका २४ वर्षीय रोबिन भनिने रबिन सिंह कार्की पुर्पक्षको लागि जेल चलान भएका छन्।

मोरङ अदालतका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले कार्कीलाई बुधबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएसँगै उनी कारागार चलान भएका हुन् ।

कार्कीले मादक पदार्थ सेवन गरी गाडी चलाएर ठक्कर दिई मजदुरको ज्यान लिएपछि सवारी ज्यान मुद्दा खेपिरहेका थिए ।

गत जेठ २० गते बिहीबार राति साढे ७ बजे कार्कीले चलाएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले दुई पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

कारको ठक्करबाट ३५ वर्षीय भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको थियो भने मोरङको कटहरी गाउँपालिका– २ का २७ वर्षीय राजकुमार राजवंशी गम्भीर घाइते भएका थिए ।

रबिनविरूद्ध जिल्ला सरकारी वकिलको कार्यालयले मङ्गलबार जिल्ला अदालत मोरङमा ‘सवारी ज्यान मुद्दा’ को कसुरमा अभियोग दर्ता गराएको थियो। रबिन नेपाली काँग्रेसकी प्रदेश- १ प्रदेशसभा सदस्य बिन्दिया कार्कीका छोरा हुन् ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  ९ : ५५ बजे

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहस

भदौका लागि वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदर घट्यो

काठमाडौं– नेपालका वाणिज्य बैंकहरूले आगामी भदौ महिनाका लागि मुद्दतीतर्फको नयाँ

भारतीय प्रधानसेनापति सेठ काठमाडौं आउँदै

काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको

बस्तीमा आतंक मच्चाएको बाघ पाँच घण्टापछि नियन्त्रण

चितवन– चितवनको राप्ती नगरपालिका–१ डिपार्ट बस्तीमा बाघको आक्रमणबाट एकजना व्यक्ति तथा

इन्डोनेसिया भूकम्प : मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

लाबुआन बाजो- इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार