नदीजन्य समस्या परे सम्पर्क गर्न महानगरको आग्रह | Khabarhub Khabarhub

नदीजन्य समस्या परे सम्पर्क गर्न महानगरको आग्रह


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यस वर्ष मनसुन सक्रिय भएसँगै काठमाडौँ महानगरपालिकाले बाढीजन्य समस्या रोकथामको काम थालेको छ । महानगर क्षेत्र भएर बग्ने नदीमा बाढी आउँदा विगत वर्षमा जस्तो समस्या नदोहोरीयोस् भनेर मनसुन शुरु भएसँगै बाढीजन्य विपद रोकथाम गर्न थालेको हो ।

महानगरपालिका क्षेत्रभित्र कुनै पनि स्थानमा बाढीजन्य समस्या भएमा मोवाइल नं. ९८५१० २४३०५ मा सम्पर्क गर्न पनि कामपाले नगरवासीलाई आग्रह गरेको छ ।

भारी वर्षा भएको समयमा नदीमा पानीको बहाव बढ्ने र यसले जनधनको क्षति पुर्‍याउन सक्ने भएकाले नदी किनारामा बसोबास गर्ने परिवारलाई सतर्क रहन र जोखिमको सम्भावना देखेमा तत्काल जानकारी गराउन महानगरपालिकाले आग्रह गरेको छ ।

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार गएका वर्षहरुमा धोवीखोलाबाट अनामनगर क्षेत्र, बल्खु खोलाबाट बल्खु क्षेत्र, सामाखुशी नदीबाट सामाखुशी क्षेत्रमा बाढीजन्य समस्या रहेको र अहिले त्यो समस्या फेरी नआओस् भनेर सम्भावित जोखिम पूर्वानुमान गरेर काम थालिएको हो ।

सामाखुशीलगायत नदी क्षेत्रको सफाइ र सम्भावित जोखिमका लागि काम भइरहेको प्रवक्ता डङ्गोलले बताए । यसबाहेक बाढीजन्य प्रकोपको व्यवस्थापनका लागि एउटा लोडर, पानी तान्ने सक्सन गाडी र पम्प, त्रिपाल, भर्‍याङ्, डोरीलगायत सामाग्रीको व्यवस्था गरिएको छ ।

सम्भावित विपद् व्यवस्थापन गर्न नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरीसहित क्षेत्रगत साझेदारसँग समन्वय गरेर काम गर्ने तयारीसमेत भएको बताइएको छ ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  २ : १७ बजे

अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रवर्द्धनलाई तीव्र बनाउँदै पर्यटन बोर्ड

काठमाडौं– जेन-जी प्रदर्शनका कारण पर्यटन व्यवसायी केही निराश भए पनि

मीनबहादुरलाई साथ दिन पुगे चेम्बर अफ कमर्शका सदस्य

काठमाडौँ- जेन–जी आन्दोलनका क्रममा कम्तिमा १५ अर्बको क्षति व्यहोरेका व्यवसायी

सजाइयो शक्ति पीठहरू (तस्बिरहरू)

काठमाडौं– हिन्दुहरूको महान् चाड बडा दशैँको आगमनसँगै शक्ति पीठहरू झिलिमिली

सिंहदरबारमा घाइते जेन-जीको नाराबाजी र विरोध, प्रधानमन्त्री कार्यालय छिरे सुदन गुरूङ

काठमाडौँ- जेन-जी आन्दोलनका घाइतेहरूले अहिले दिनहुँजसो सिंहदरबार घेर्न थालेका छन्