बेलायतमा जनवरीपछिकै सबैभन्दा धेरै सङ्क्रमित भेटिए « Khabarhub

बेलायतमा जनवरीपछिकै सबैभन्दा धेरै सङ्क्रमित भेटिए


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बेलायतमा गएको जनवरी महिना पछिकै सबैभन्दा धेरै कोरोना भाइरसका सङ्क्रमित बुधबार भेटिएका बताइएको छ । बेलायतमा पाँच महिनापछि बुधबार सबैभन्दा धेरै कोरोना सङ्क्रमित भेटिएका बताइएको हो । त्यहाँको सरकारी निकायले सार्वजनिक गरेको तथ्यांकमा बुधबार पाँच महिना यताकै धेरै सङ्क्रमित भेटिएको पाइएको छ ।

बुधबार त्यहाँ २६ हजार ६८ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका हुन् । गएको २४ घन्टामा बुधबार ती सङ्क्रमित भेटिएको यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

त्यहाँ यो भन्दाअघि गत जनवरी महिनामा यतिधेरै संक्रमित देखिएका थिए । यहाँ अहिलेसम्ममा देशभरिमा कोरोनाका ४८ लाखभन्दा बढी संक्रमित भेटिएका पाइएको छ । बेलायतमा कोरोना भाइरसबाट अहिलेसम्म कम्तीमा १ लाख २८ हजार १४० जनाको मृत्यु भइसकेको छ । यहाँ बुधबार मात्र १४ जना सङ्क्रमितको मृत्यु भएको बताइएको छ ।

अधिकारीहरुले पछिल्लो समयमा फेरि बेलायतमा दैनिक देखिने संक्रमितहरुको संख्या बढ्न थालेको बताएका छन् । यहाँ सङ्क्रमित देखिएको तुलनामा मृत्यु दर भने कम हुदै गएको पाइएको छ ।

यहाँ केही महिना अघिदेखि सङ्क्रमितहरु घट्दै गएकोमा पछिल्ला केही हप्तामा सङ्क्रमितहरु बढ्दै गएको देखिएको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  ३ : ४४ बजे

बाबुरामले भने- ७२ वर्षको भए सधैँ २७ वर्षको जस्तो अनुभूति भयो 

चितवन– पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सम्बोधन

रास्वपा महाधिवेशन प्रतिनिधिले प्रदीप ज्ञवालीलाई किन भने ‘नो’ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पहिलो महाधिवेशनमा नेकपा एमालेका नेता

बाबुराम भट्टराईलाई पूर्व प्रधानमन्त्रीको हैसियतमा बोल्न दिइयो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा बाबुराम भट्टराईको विशेष प्रशंसा

रास्वपालाई वर्षमानको सुझाव : जनमत सधैँ अस्थायी हुन्छ, बहुमतको बलमा अहंकार नगर्नू

चितवन- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले

रास्वपालाई प्रदीप ज्ञवालीले भने : जनादेश पाउनु ठूलो कुरा होइन, त्यसको संरक्षण मुख्य हो

चितवन- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राजनीतिक दलहरूको भूमिका, विचारधारा