सोमबारदेखि सबै सार्वजनिक यातायात चलाउने तयारी « Khabarhub

सोमबारदेखि सबै सार्वजनिक यातायात चलाउने तयारी


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यातायात व्यवसायीहरूले प्रशासनको निर्देशन अवज्ञा गरेर सबै किसिमका गाडी चलाउने भनेर दिएको म्याद तीन दिन पर सरेको छ ।

काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग संयुक्तरूपमा आज भएको छलफलपछि व्यवसायी र मजदुर सङ्गठनका प्रतिनिधिहरू आउँदो आइतबारसम्म पर्खिन सहमत भएका छन् ।

कोभिडको अवस्था हेरेर सोमबारदेखि जोरबिजोर नगरी सबै किसिमका गाडी चलाउने नेपाल यातायात मजदुर संघका केन्द्रीय अध्यक्ष धर्मराज भण्डारीले खबरहबलाई बताए ।

यातायात व्यवसायी र मजदुर सङ्गठनका प्रतिनिधिहरूले शुक्रबारदेखि छोटो तथा लामो दुरीका सबै गाडी चलाउने भनेर काठमाडौँ उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएका थिए ।

तीन वटै जिल्ला प्रशसनले गत १५ गतेदेखि जोरबिजोरका आधारमा २५ सिट क्षमताभन्दा माथिका स्थानीय गाडीमात्रै चलाउन संयुक्त निर्देशन जारी गरेका थिए । व्यवासायी र मजदुरका सङ्गठनले जोरबिजोर नमान्ने र सबै किसिमका गाडी एकसाथ चलाउने चेतावनी दिएका थिए ।

बिहीबार जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा काठमाडौँ, ललितपुर र भक्तपुर, तीवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले यातायात व्यवसायी र मजदुर सङ्गठनका प्रतिनिधिहरूसँग छलफल गरेका थिए ।

अध्यक्ष भण्डारीका अनुसार कोभिड संक्रमण अहिलेको भन्दा नबढे सोमबारदेखि लामो, मध्यम तथा छोटो दुरीका सबै गाडी चल्नेछन् । संक्रमण बढेको अवस्थामा सोही अनुसार निर्णय हुनेछ ।

‘हामीले भोलिबाट सबै सार्वजनिक यातायात सञ्चालन गर्ने भनेका थियौँ’ उनले भने, ‘सिडियो साबले हाम्रो माग बुझ्नुभयो र दुई दिन थप समय माग्नुभयो, २१ गतेबाट सवारी सञ्चालन गर्ने सहमित भयो ।’

यातायात सञ्चालन गर्दा अपनाउनु पर्ने मापदण्डहरू पनि तोकिएका छन् । कोरोना भाइसरबारे प्रचारप्रसार गर्नुपर्नेछ । मजदुरले मास्क र फेससिल्ड लगाउनु पर्नेछ । गाडीको ढोकामा स्यानीटाइजर राखेको हुनुपर्नेछ । यात्रुले मास्क लगाउनु पर्नेछ र खुद्रा पैसा बोकेर मात्र गाडी चढ्नु पर्नेछ ।

अनुगमनका क्रममा मापदण्ड नअपनाएको भेटिए प्रचलित कानून बमोजिम कारबाही हुनेछ ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  ५ : ३१ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको