नारयणगढ–मुग्लिन सडकखण्ड फेरि अबरुद्ध « Khabarhub

नारयणगढ–मुग्लिन सडकखण्ड फेरि अबरुद्ध


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अबरुद्ध भएको छ । सो सडक खण्डका केराबारीमा आज दिउँसो पहिरो खस्दा सडक पुनः अबरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान खसेको पहिरो बिहान ११ बजे पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको थियो । पुनः पहिरो खसे पछि सडक अपराह्न ३ : १५ बजेदेखि अबरुद्ध भएको हो ।

पूर्वी चितवनमा पहिराले दुईको मृत्यु , तीन बेपत्ता

पूर्वी चितवनको राप्ती र कालिका नगरपालिकामा पहिरोले बगाएर दुई जनाको मृत्यु र तीन जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार राप्ती– १२ को पर्खाल भन्ने स्थानमा माथिबाट पहिरो खस्दा दुई घर बगाउँदा घर भित्र रहेका चार जनालाई पहिरोले बगाएको थियो ।

ती मध्ये एक जना पुरुषको शव घटना स्थलबाट ५० मीटर तल फेला परेको प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । मृतकको सनाखत हुन सकेको छैन ।

हराएकाको खोजी भइरहेको प्रहरीले जनाएको छ । यसैगरी कालिका नगरपालिका– ११ दानेटारका ५२ वर्षीय ज्ञानबहादुर चेपाङको पहिरोले पुरिएर मृत्यु भएको छ ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  ५ : २५ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र