गैँडाकोटमा मोटरसाइकल चल्नेगरी नयाँ डाइभर्सन बनाइयो  « Khabarhub

गैँडाकोटमा मोटरसाइकल चल्नेगरी नयाँ डाइभर्सन बनाइयो 


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अविरल वर्षापछि आएको बाढीले डाइभर्सन बगाउँदा अवरुद्ध पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डमा मोटरसाइकल चल्न थालेका छन् ।

नयाँ ठाउँमा डाइभर्सन बनाएर मोटरसाइकल सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।

पुरानोलाई बनाउन समय लाग्ने भएकाले नयाँ डाइभर्सन बनाएर अलपत्र परेका मोटरसाइकललाई एकतर्फी सञ्चालन गर्न दिइएको इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले जानकारी दिए ।

पहिलो चरणमा सडकमै अपत्र अवस्थामा रहेका मोटरसाइकल कटाइएपछि साना सवारीसाधन चल्नेगरी डाइभर्सन पूरा गरिने उनको भनाइ छ । ठूला सवारी साधन आवतजावत गर्नका लागि पुरानै डाइभर्सन मर्मत गर्नुपर्ने भएकाले शुक्रबारसम्म समय लाग्नसक्ने छ ।

मोटरसाइकल चल्ने गरी सञ्चालन गरिएको डाइभर्सनबाट एम्बुलेन्स चल्न मिल्नेगरी बाटो सम्याउने काम भइरहेको खनालले जानकारी दिए ।

आज बिहान आएको बाढीले सो सडकअन्तर्गत गैँडाकोटको २३ स्मृति पुल, हडबडे खोला, पितौजी पुलसहित चार स्थानको डाइभर्सन बगाएको थियो । डाइभर्सन बगेपछि पूर्ण रुपमा अवरुद्ध सडक करिब आठ घण्टापछि मोटरसाइकल मात्रै सञ्चालन हुनेगरी एकतर्फी सञ्चालनमा ल्याइएको हो ।

सडक अवरुद्ध भएपछि पूर्वबाट पश्चिमतर्फ जाने सवारी साधनहरु गैँडाकोटमा नै रोकिएका छन् भने पूर्वतर्फ जाने सवारी साधनहरु डण्डामा रोकिएका छन् । सडक सञ्चालन नहुँदा सडकमा सवारीसाधनको लामो लाइन लागेको छ ।

नारायणगढ –बुटवल सडक विस्तारका क्रममा गैँडाकोट क्षेत्रमा रहेका साना कल्भर्ट भत्काएर मोटरेबल पुल बनाउने क्रममा सवारीसाधन सञ्चालन गर्न निर्माण गरिएको डाइभर्सन बाढीले बगाएको थियो ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  ९ : १५ बजे

चीनले भन्यो : बुधबारको विनाशकारी बाढी नेपालतर्फ हिमालमा झरेको पहिरोबाट

काठमाडौं- नेपालको उत्तरी सीमावर्ती क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपहिरोको कारणबारे

रसुवा नाका बन्द हुँदा चीनतर्फको आयातमा कस्तो असर पर्छ ?

काठमाडौं– भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीले जनधनको ठूलो

भोटेकोशी बगरमा शव खोज्दै सेना-प्रहरी, आँखामा त्रास र मनमा आशा बोकेर कुर्दैछन् आफन्त

काठमाडौं- बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीले ठूलो

फाइट जितेपछि रवीन्द्रको आग्रह – नेपालमा बाढीले गाह्रो छ, सहयोग गर्नुस्

काठमाडौं – ‘रोड टू यूएफसी सिजन-५’ अन्तर्गत युजिल्यान्डका कासिब मोर्डोचलाई

नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा