गोरखामा ‘तपाईको मास्क खै’ अभियान शुरु « Khabarhub

गोरखामा ‘तपाईको मास्क खै’ अभियान शुरु


१७ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखामा निषेधाज्ञा केही खुकुलो पारेसँगै कोरोना सङ्क्रमणको दर बढ्न थालेको छ । सार्वजनिक सवारीसाधन, पसल, बैंक तथा वित्तीय संस्था खुल्दा दिनदिनै सङ्क्रमणको दर उच्च हुँदै गएकाले सङ्क्रमण रोकथाम र न्यूनीकरणका लागि सामुदायिक सेवा केन्द्र र प्रहरीले ‘तपाईको मास्क खै’ अभियान शुरु गरेको छ ।

स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्दा सङ्क्रमण रोकिनेभन्दा झनझन बढ्न थालेकाले सचेत गराउन अभियान शुरु गरिएको केन्द्रका अध्यक्ष सुशीलबाबु श्रेष्ठले जानकारी दिए ।

‘कोरोना सङ्क्रमण बढ्दै गएको छ, मानिस घरबाहिर निस्कदा र भीडभाडमा जाँदसमेत मास्क नलगाई निस्कने गरेका छन्’, उनले भने, ‘घरबाहिर निस्कदा मास्क नलगाई निस्कनु हुन्न भन्ने चेतना फैलाउन पनि अभियान थालिएको हो । यसका लागि केन्द्र र जिल्ला प्रहरी कार्यालयले सदरमुकामभित्र जनचेतनामूलक पर्चा पम्प्लेटसहित मास्क नलगाउनेलाई मास्क लगाएर मात्र हिँडडुल गर्न आग्रह गर्न थालिएको छ ।’

‘बजार क्षेत्र भीडभाड उत्तिकै छ, यस्तो अवस्था नागरिक आफै सचेत हुनुपर्नेमा त्यस्तो देखिदैन’, अध्यक्ष श्रेष्ठले भने, ‘बाक्लो चहलपहल भएका स्थानमा समेत स्वास्थ्य सुरक्षाको सावधानी अपनाउनेको सङ्ख्या कम भएकाले पनि सङ्क्रमण झन बढ्न थालेको हो ।’ अभियानका क्रममा मास्क लगाएर पनि सुरक्षित हुने गरी नलगाउने व्यक्तिलाई अभियानकर्मीले रोकेर मास्क लगाउन सिकाउन थालेको उनले जानकारी दिए ।

प्रहरीले भीडभाडमा सामाजिक दूरी कायम नगर्ने र मास्क नलगाउनेलाई सम्झाइबुझाइ गरी छोड्ने गरेको प्रमुख प्रहरी उपरीक्षक (एसपी) शेखर खनालले जानकारी दिए। ‘केहीदिन सम्झाइबुझाइ गर्ने हो, अब पनि अटेरी गर्नेलाई नियन्त्रणमा लिएर कारवाही गर्छौ, उनले भने, ‘कोरोना सङ्क्रमण रोक्न सबै नागरिक सचेत हुनु जरुरी छ ।’

गोरखा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी शालिकग्राम शर्मा पौडेल, उक्त केन्द्रका अध्यक्ष सुशीलबाबु श्रेष्ठसहितको टोलीले सदरमुकामको लोकतान्त्रिक चोक, शक्तिचोक, पुरानो बसपार्क, नयाँ बजार, छिपीटोलसम्म माइकिङ गर्दै मास्क लगाउन र कोरोना सङ्क्रमणबाट सुरक्षित रहन स्थानीयवासीलाई आग्रह गरेको थियो ।

जिल्लामा बिहीबार ४३ जनामा सङ्क्रमण भएको देखिएकामा शनिबार १०३ पुगेको थियो । जिल्लाभर अहिलेसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या ५२६ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ४ : ०१ बजे

सहकारी पीडितको बचत फिर्ता गराउन मन्त्रालयको सक्रियता, महान्यायाधिवक्ता र सीआईबी प्रमुखसँग मन्त्रीको छलफल 

काठमाडौं – समस्याग्रस्त सहकारी संस्थामा अड्किएको बचतकर्ताको रकम फिर्ता गराउन

वातावरण प्रदूषण गर्ने १२ सवारीसाधन ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौं– काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि सक्रिय रूपमा

भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भ्रामक सूचना सम्प्रेषण नगर्न

गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहलाई

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री वालेन्द्र शाह