बाढीले क्षतिग्रस्त पुलको निर्माण सम्पन्न गर्न संसदीय समितिको निर्देशन « Khabarhub

बाढीले क्षतिग्रस्त पुलको निर्माण सम्पन्न गर्न संसदीय समितिको निर्देशन


१७ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले यसै वर्षको बाढीले क्षतिग्रस्त भएका पुलहरुको छिटो भन्दा छिटो निर्माण कार्य सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले क्षतिग्रस्त भएका सिराहा र धनुषा जोड्ने हुलाकी सडक अन्तर्गत कमला नदीको पुल र गाइघाट–दिक्तेल सडक खण्ड अन्तर्गत त्रियुगा नदीको पुलको पुल निर्माण गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकले पुलहरु क्षतिग्रस्त हुनुको कारणबारे अध्ययन गर्न पनि मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति कल्याणी खड्काले जानकारी दिइन् ।

त्यस्तै बैठकले वर्षातको समयमा पहिरोका कारण नारायणगढ मुग्लिन सडक खण्ड पटक-पटक अवरुद्ध हुने गरेको भन्दै दीर्घकालीन समाधानका लागि विशेष अध्ययन गरी २४ सै घण्टा इमर्जेन्सी रेस्पोन्सको व्यवस्था मिलाउन पनि निर्देशन दिएका उनले बताइन् ।

त्यस्तै बैठकले बाढी, पहिरो नियन्त्रणसम्बन्धी दीर्घकालीन नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन एवं तीनै तहको सरकारसँगको समन्वयमा तत्काल उद्दार, राहत र पुनर्स्थापनाको काम अघि बढाउन पनि निर्देशन दिएको सभापति खड्काले बताइन् ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ८ : १६ बजे

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर