म्याद गुज्रिएको सामानमा ’रिलेबलिङ’ गर्ने दुई जना पक्राउ | Khabarhub Khabarhub

म्याद गुज्रिएको सामानमा ’रिलेबलिङ’ गर्ने दुई जना पक्राउ


१७ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– म्याद गुज्रिएको सामानलाई ’रिलेबलिङ’ गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरको छ ।

आइतबार महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको सानो भर्‍याङस्थित एक घरमा छापा मारी म्याद गुज्रिएको सामानमा ’रिलेबलिङ’ गर्ने गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरेको हो ।

सो क्रममा प्रहरीले वीरगन्ज घर भएका अविनाश अग्रवाल र अर्का एक व्यक्तिलाई पक्राउ गरेको जनाएको हो ।

म्याद गुज्रिएका सबै प्रकारका सामानहरू ल्याएर उनीहरुले अर्को म्याद भएको लेबल टाँसेर पुनः विभिन्न ठूला मार्टहरूमा पठाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।

महाशाखाका प्रमुख एसएसपी चन्द्र कुवेर खापुङले घरायसी सामानहरुलाई लेवलिङ गरेर पुनः बजारमा पठाइएको पाइएको जानकारी दिए । भाटभटेनी बिगमार्ट लगायतका स्थानबाट सामान ल्याएर ’रिलेबलिङ गरेको देखिएको उहाको भनाइ छ ।

अग्रवालले साढे तीन तल्लाको घर भाडामा लिएर यस्तो काम गर्दै आएको खुलेको छ । प्रहरीसहित पुगेको वाणिज्य विभागको टोलीले उक्त घरमा सिलवन्दी गरेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ६ : ०० बजे

डेडिकेटेड ट्रंकलाइन महसुल विवादमा आयोगको प्रतिवेदन

काठमाडौं– सरकारले उद्योगी र नेपाल विद्युत् प्राधिकरणबीचमा पैदा भएको डेडिकेटेड

काठमाडौं शंखपार्कमा एक पुरुषको शव फेला

काठमाडौं– काठमाडौँको महाराजगन्जस्थित शंखपार्कमा एकजनाको शव फेला परेको छ ।

ठूला दलबीच सहकार्य आवश्यक : रमेश लेखक

कञ्चनपुर– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक दलहरुबीच

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ ।

अतिक्रमित जमिन खाली गराइने

बाँके– लामो समयदेखि अतिक्रमणमा परेको बाँकेको कोहलपुर नगर विकास समितिको