लगानीकर्ताको ध्यान जलविद्युत् कम्पनीको शेयरमा « Khabarhub

लगानीकर्ताको ध्यान जलविद्युत् कम्पनीको शेयरमा


१७ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शेयर लगानीकर्ता जलविद्युत् कम्पनीको शेयरमा आर्कषित भएका छन् । साताको पहिलो दिन आइतबार अधिकांश जलविद्युत् कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ ।

जलविद्युत् उपसमूहको शेयर ७९.९१ बिन्दुले वृद्धि भएको छ । व्यापार ७०.६५, लघुवित्त ६५.२१ र उत्पादन उपसमूहको शेयर ३४.७८ बिन्दुले उकालो लागेको छ ।

यस्तै, लगानी उपसमूह १.८३ बिन्दुले उकालो लाग्दा बैंकिङ ५.६३, होटल तथा पर्यटन ९१.४७, वित्त ३१.७२, निर्जीवन बीमा १७१.५७, अन्य ३१.५८, जीवन बीमा २०९.३ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार सिनर्जी हाइड्रोपावर, कालिका पावर घलेम्दी हाइड्रोपावर, यूनिभसर्सल पावर,ग्रीनलाइफ हाइड्रोपावर र जीवन विकास लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै ङादी ग्रुप अफ पावर ९.८३, सिइडिबी हाइड्रोपावर ९.६३, रैराङ हाइड्रोपावर ९.४५ र माउण्टेन हाइड्रोका लगानीकर्ताले ८.८४ प्रतिशतले कमाए ।

यस्तै, लक्ष्मी इक्विटी फण्ड ६.९८, चन्द्रागिरी हिल्स ३.८६, कुमारी इक्विटी फण्ड ३.५५, नारायणी डेभलपमेण्ट बैंक ३.१५ र प्रभु इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ३.१४ प्रतिशतले गुमाए ।

साताको पहिलो दिन नेप्सेमा भने झिनो सुधार मात्रै देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १.२५ बिन्दुले बढेर तीन हजार ८१.०५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.२४ बिन्दुले बढेर ५७२.१५ मा पुगेको छ । कूल २२६ कम्पनीको तीन करोड तीन लाख ४२ हजार ३५२ कित्ता शेयर रु १२ अर्ब १० करोड ३८ लाख ७१ हजार ८६२ मूल्यमाा खरिद बिक्री भए । आजको कारोबार पछि बजार पूँजीकरण रु ४२ खर्ब ८५ अर्ब ८४ करोड ४५ लाख ७३ हजार ८७२ बराबर पुगेको छ ।

कारोबारका आधारमा आज नेशनल हाइड्रो पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३६ करोड छ लाख ५३ हजार ७५१ बराबरको कारोबार भयो । यस्तै, युनाइटेड मोदी रु ३५ करोड ३९ हजार ८३४, सिनर्जी पावर रु ३२ करोड १२ लाख पाँच हजार ७७५, ङादी ग्रुप अफ पावर रु ३० करोड ४६ लाख ९९ हजार ८७३ र युनिभर्सल पावरको रु २९ करोड ३९ लाख ८९ हजार ४१८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ९ : ०१ बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को