रियलमीले आफ्ना उत्कृष्ट उत्पादन नेपाली बजारमा ल्याउँदै | Khabarhub Khabarhub

रियलमीले आफ्ना उत्कृष्ट उत्पादन नेपाली बजारमा ल्याउँदै


१७ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रविधि जगतमा तीव्र रुपमा बजार विस्तार गर्दै गएको रियलमीले नेपालमा आफ्नो बजारीकरण अझ सशक्त पार्दै नेपाली उपभोक्तामाझ उत्कृष्ट श्रेणीका उत्पादनहरु प्रस्तुत गर्ने घोषणा गरेको छ ।

स्थानीयकरण र नवीनता मुलमन्त्रका साथ रियलमीले नेपाललाई महत्वपूर्ण बजारको रुपमा लिएको छ ।

आफ्नो मुख्य रणनीति स्वरुप रियलमीले विश्वकै उत्कृष्ट प्रविधियुक्त स्मार्टफोनहरु नेपाली बजारमा विभिन्न मूल्य श्रेणीमा पुर्याउने तयारी गरेको छ ।

नेपाली बजारको लागि रियलमीले शंकर ग्रुपका साथ सहकार्य गर्ने भएको छ । शंकर ग्रुप नेपालका साथ विश्वका विभिन्न भागका बहुक्षेत्रमा परिचित नाम हो ।

शंकर ग्रुपका साथ रियलमीले नेपाली बजारमा आफ्नो विभिन्न उत्पादनहरुको पहुँच र पकड बनाउन अरुसँग पनि सहकार्य गर्ने छ ।

यसै प्रसङ्गका साथ रियलमीका उपाध्यक्ष तथा रियलमी भारत र युरोपियन बजारका सिईओ माधव शेठले नेपाली बजारको लागी पनि नेतृत्वदायी भुमिका निर्वाह गर्ने भएको छ ।

माधव शेठको कुशल नेतृत्वका कारण रियलमी व्राण्ड भारतका साथै चेक रिपब्लिक र ग्रीसमा उत्कृष्ट चारमा पर्न सफल भएको छ भने भारतमा छन् स्मार्टफोनमध्ये २०२१ को दोस्रो त्रैमासिकमा रियलमीको हिस्सा २३ प्रतिशत रहेका छ ।

काउन्टरप्वाइन्टका अनुसार भारतमा मात्र ५ करोड भन्दा बढी उपभोक्तका साथ तिव्र गतिमा यसको माग भएको देखिन्छ ।

यस घोषणाका साथ माधव शेठ, उपाध्यक्ष रियलमी, सिईओ रियलमी भारत तथा युरोप भन्छन्,‘ ‘रियलमीको उल्लेख्य यात्राको क्रममा यो एक नयाँ आयाम हो, जुन हामी सबैको लागी गर्वको क्षण हो । रियलमीले भारतमा ठुलो सफलता पाएको छ र नेपाली बजारमा पनि नविनतम प्रविधिका उत्पादनहरु उतकृष्ट मुल्यमा नेपाली उपभोक्ताहरु माझ प्रस्तुत गरी उल्लेखनीय सफलता हासिल गर्ने विश्वस्त छौँ । हामीले सन् २०२२ सम्ममा रियलमीलाई नेपाली स्मार्टफोन बजारमा उत्कृष्ट २ मा पु¥याउने लक्ष्य लिएको छौँ । नेपाली बजार व्यवस्थापन तथा बजारीकरणको नेतृत्व गर्ने नयाँ भुमिकामा बाँधिन पाउँदा म अत्यन्तै हर्षोल्लासित छु र नेपालमा रियलमीको उपस्थितिलाई शानदार बनाउँदै उपभोक्तामाझ रियलमीका उत्कृष्ट उत्पादनहरु प्रस्तुत गर्दै शीर्ष स्थानमा ल्याउन प्रयत्नरत रहने छु ।’

यसै अवसरमा शंकर ग्रुपका प्रवन्ध निर्देशक साहिल अग्रवालले भने, ‘रियलमीसँग साझेदारी गर्न पाउँदा हामी गौरवको अनुभव गरिरहेका छौँ । नेपाली बजारका लागी रियलमीका डिष्ट्रिव्युटरका हिसावले हामी नेपाली उपभोक्तामाझ नवीनतम प्रविधिका उत्पादनहरु मितव्ययी मुल्यमा ल्याउन सक्ने अपेक्षा लिएको छु । रियलमीको यस यात्रामा सहकार्य गर्न पाउँदा अत्यन्त उत्साहित छौँ र यस सम्बन्धलाई आगामी वर्षहरुमा थप सुदृढ बनाउँदै जानेछौं ।’

रियलमीले नविनतम प्रविधि सबैको पहुँचमा पुर्याउने लक्ष्यका साथ मध्यमदेखि प्रिमियम मुल्य श्रेणीमा नेपालमा आफ्ना उत्पादनहरु प्रस्तुत गर्ने छन् । यस सहकार्यले विश्वको बढ्दो स्मार्टफोन बजारमा अत्याधुनिक प्रविधि, नवीनतम उत्पादन उपभोक्ता सेवा र असाधारण बजार विस्तारको महत्वकांक्षालाई विकास गर्न मद्दत पुग्ने विश्वास लिएको छ ।

काउन्टरपोइन्टको अध्ययनअनुसार स्मार्टफोनको विश्व बजारमा, यस वर्ष ९थ्यथ्० रियलमीको विक्री १३५ प्रतिशतले बढेको र पहिलो वर्षका दोस्रो त्रैमासिक रिपोर्ट अनुसार यस वर्ष यसको विक्री १७ प्रतिशतले बढको छ । जस अनुसार कुल १० करोड भन्दा बढी विक्री भएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  १ : ०१ बजे

कांग्रेससँग प्रधानमन्त्रीको वार्ता स्थगित, अब शनिबार बालुवाटारमा बस्ने

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरूबीच

मुटुरोग विशेषज्ञ स्मृति अब गायिका पनि, ल्याइन् म्युजिक भिडियो

काठमाडौं- मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरकी उपप्राध्यापक डाक्टर स्मृति

द्रुतमार्ग अन्तर्गत लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु

काठमाडौं– नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक

सहकारी ठगीमा रवि लामिछानेकाे संलग्नता पुष्टि भइसकेकाे छ : प्रवक्ता महत

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सहकारी प्रकरणमा संसदीय

उपेन्द्र यादवको आग्रह : अशोक राईसँग गएकाहरू पुरानै घरमा फर्किनू

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले गत वैशाख