प्रचण्डले झलनाथ खनाललाई भेटेर भने– चाँडै ठीक हुनुहोस् | Khabarhub Khabarhub

प्रचण्डले झलनाथ खनाललाई भेटेर भने– चाँडै ठीक हुनुहोस्


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नवगठित नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य लाभको कामना गरेका छन् ।

खनाललाई भेट्न डल्लु पुगेका प्रचण्डले स्वास्थ्य लाभको कामना गरेको खनालको सचिवालयले जनाएको छ ।

आजको भेटमा स्वास्थ्यकै विषयमा कुराकानी भएपनि राजनीतिक विषयमा छलफल नभएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

खनाल भारतमा उपचार गरेर केही दिनअगाडि स्वदेश फर्केका हुन्। नयाँदिल्लीमा खनालको मिर्गौला प्रत्यारोपण गरिएको थियो।

पूर्वप्रधानमन्त्री खनाललाई भेट्न उनी फूलको बुकी लिएर गएका थिए ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  १० : २३ बजे

पूर्वराष्ट्रपति भण्डारीले शनिबार राजनीतिमा फर्किएको घोषणा गर्न सक्ने

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार नेकपा (एमाले) को सक्रिय राजनीतिमा

मुस्ताङका चार पालिकामा घुम्ती गोठ निर्माण

मुस्ताङ – जिल्लाको थासाङ गाउँपालिकासहित चार स्थानीय तहका याकचौँरी तथा

एसईई परीक्षामा ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड

काठमाडौं- एसईई परीक्षा २०८१ को नतिजा सार्वजनिक हुँदा ६१ दशमलब

एसईई परीक्षाको नतिजा प्रकाशित

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा