फिल्मकर्मी चेतनको नाममा प्रतिष्ठान स्थापना « Khabarhub

फिल्मकर्मी चेतनको नाममा प्रतिष्ठान स्थापना


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गीतकार, कवि तथा फिल्मकर्मी स्वर्गीय चेतन कार्कीको नाममा चेतन कार्की प्रतिष्ठान स्थापना गरिएको छ । प्रतिष्ठानको प्रमुख संरक्षकमा चेतनकी श्रीमती गंगा कार्की रहने गरी तदर्थ समिति गठन गरिएको हो ।

अभिनेत्री मिथिला शर्मा बोहोराको अध्यक्षतामा गठित सो प्रतिष्ठानको उपाध्यक्षमा लेखक तथा अभिनेता मोहन निरौला, महासचिवमा कवि मुरारी सिग्देल, कोषाध्यक्ष र सह–कोषाध्यक्षमा चेतन कार्कीका छोराद्वय पारस कार्की र पंकज कार्की छन् ।

प्रतिष्ठानको तदर्थ समितिको सदस्यहरुमा साहित्यकार राधेश्याम लेकाली, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का र कवि दिव्य गिरि छन् ।

प्रतिष्ठानले चेतनद्वारा स्थापित हीरासिंहको नामको पुरस्कारलाई निरन्तरता दिने तथा चेतन कार्कीको नाममा सम्मान र पुरस्कारको स्थापना गर्ने, चेतनका प्रकाशित पुस्तकहरु र सम्मानपत्रहरुको संरक्षण गर्ने र अप्रकाशित कृति र रचनाहरुको प्रकाशन गर्ने जस्ता उदेश्य राखेको छ ।

वि.सं. १९९५ मा बहाँटारी, थुम, स्याङ्जामा जन्मिएका चेतनले निर्देशन गरेको पहिलो फिल्म ‘विश्वास’ हो । त्यसपछि उनले ‘मनका आखा’, ‘भूमरी’, ‘पहिलो प्रेम’ निर्देशन गरे । चेतनले तत्कालीन प्रचारप्रसार विभागबाट वि सं २०२५ सालमा निर्माण भएको फिल्म ‘परिवर्तन’बाट स्कृप्ट लेखनको यात्रा सुरु गरेका थिए ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  १ : २३ बजे

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने

आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप आवश्यक : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले आतङ्कवादको बदलिँदो स्वरूप र प्रविधिको बढ्दो दुरुपयोगसँगै यसविरुद्ध

पशुपति क्षेत्रमा तीजका लागि सफाइ

काठमाडौं– हरितालिका (तीज) को तयारीस्वरूप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ

नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालन

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर

अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन

जनकपुर– मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र जिम्मेवारी नदिन