प्रशासनको निर्णयपछि हल खोल्ने तयारीमा प्रदर्शक « Khabarhub

प्रशासनको निर्णयपछि हल खोल्ने तयारीमा प्रदर्शक


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको बैठकले कोभिड प्रोटोकल पालना गर्दै फिल्म हल खोल्न अनुमति दिएपछि हल सञ्चालकहरु तयारीमा जुटेका छन् ।

फिल्म प्रदर्शकको छाता संस्था नेपाल चलचित्र संघका महासचिव अशोक शर्माले सञ्चारमाध्यममा भोलिबाट हल खुल्ने समाचार सार्वजनिक भए पनि भोलिबाटै हल भने नखुल्ने बताए ।

‘हामी भोलिबाट तयारी सुरु गर्दैछौं । भोलिबाट नै हल खोल्दैनौं । किनभने हलको ममर्त सम्भारदेखि लिएर फिल्मको कन्टेन्टको कुरा पनि आउँछ । हामी उपत्यका बाहिरका हलका साथीहरुसँग पनि कसरी हललाई पूर्ववत सञ्चालन गर्न सकिन्छ भनेर सरसल्लाह गर्नेछौं’, महासचिव शर्माले खबरहबसँग भने ।

शर्माले स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा कडाईका साथ लागु गरेर हल खुल्ने जानकारी दिए । हलमा सामाजिक दुरीसँगै दर्शकको तापक्रम नाप्न थर्मल गनको प्रयोग, अनिवार्य मास्क, सेनिटाइजरको प्रयोगलाई विशेष ध्यान दिइएको बताए । ‘हामीले दर्शकसँगै हललाई पनि सेनिटाइज गर्नेछौं’, उनले भने, ‘बाहिरको भीड भन्दा हलमा भीड त्यसै कम हुन्छ । किनकी हल एउटा कम्पाण्ड भित्र हुन्छ । त्यसकारणले पनि जे जति दर्शक आउनुहुन्छ, उहाँहरुलाई स्वास्थ्य मापदण्डको नियम पालना गर्न लगाउनेछौं ।’

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले स्वास्थ्य मापदण्ड पालना गर्दै फिल्म हल खुलाउन अनुमति दिइएको बताए । ‘सर्वसाधारण व्यक्ति, समूह तथा संस्थालगायतका निकायहरुबाट आर्थिक, सामाजिक तथा व्यावसायिक गतिविधिहरु सञ्चालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरेर मात्र गर्न पाउने निर्णय बमोजिम हल पनि खोल्न दिने निर्णय गरेका हौं’, प्रजिअ पराजुलीले भने ।

उनले स्मार्ट लकडाउनको कार्यविधिअनुसार फिल्म खुलाउन अनुमति दिइएको जनाए । पराजुलीका अनुसार हलमा स्वास्थ्य मापदण्ड पालना भएको छ या छैन भन्ने कुराको अनुगमन हुनेछ ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ५ : ४५ बजे

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने

आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप आवश्यक : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले आतङ्कवादको बदलिँदो स्वरूप र प्रविधिको बढ्दो दुरुपयोगसँगै यसविरुद्ध

पशुपति क्षेत्रमा तीजका लागि सफाइ

काठमाडौं– हरितालिका (तीज) को तयारीस्वरूप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ

नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालन

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर

अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन

जनकपुर– मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र जिम्मेवारी नदिन