मीन विश्वकर्माद्वारा कांग्रेस केन्द्रीय सदस्य र दलित संघको अध्यक्षबाट राजीनामा « Khabarhub

मीन विश्वकर्माद्वारा कांग्रेस केन्द्रीय सदस्य र दलित संघको अध्यक्षबाट राजीनामा


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कांग्रेस केन्द्रीय सदस्य तथा दलित संघका अध्यक्ष मीन विश्वकर्माले बुधबार पदबाट राजीनामा दिएका छन् । उनले पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन् ।

विश्वकर्माले पार्टीको विधानविपरित निर्वाचन निर्देशिकामा दलितहरुको प्रतिनिधित्व रोक्ने गरी व्यवस्था गरिएको भन्दै राजीनामा दिएका हुन् ।

उनले पार्टीले स्थापनाकालदेखि नै समावेशीतालाई पालना गर्दै ९ औं महाधिवेशनदेखि स्थानीय तहबाट समावेशीता लागू गरेको भए पनि अहिले निर्वाचन निर्देशिकाले दलितहरुलाई निषेध गर्ने जालझेल गरेको भन्दै निर्देशिकाप्रति आपत्ति जनाएका छन् ।

विश्वकर्माले राजीनामा दिनुअघि नेपाल दलित संघले निर्वाचन निर्देशिका तथा अनुसूचीमा दलितका अधिकार पुनःस्थापन गर्नका लागि कांग्रेस मुख्यालयमा धर्ना दिएको थियो ।

बुधबार संघले पार्टीको महाधिवेशनका लगि तयार गरेको निर्वाचन निर्देशिका तथा अनुसूची असमावेशी भएको भन्दै कटौति भएका दलितका अधिकार पुनःस्थापना गर्नका लागि भन्दै धर्ना दिएको हो ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ५ : ५२ बजे

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

चन्द्रपुर– रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं