मीन विश्वकर्माद्वारा कांग्रेस केन्द्रीय सदस्य र दलित संघको अध्यक्षबाट राजीनामा « Khabarhub

मीन विश्वकर्माद्वारा कांग्रेस केन्द्रीय सदस्य र दलित संघको अध्यक्षबाट राजीनामा


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कांग्रेस केन्द्रीय सदस्य तथा दलित संघका अध्यक्ष मीन विश्वकर्माले बुधबार पदबाट राजीनामा दिएका छन् । उनले पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन् ।

विश्वकर्माले पार्टीको विधानविपरित निर्वाचन निर्देशिकामा दलितहरुको प्रतिनिधित्व रोक्ने गरी व्यवस्था गरिएको भन्दै राजीनामा दिएका हुन् ।

उनले पार्टीले स्थापनाकालदेखि नै समावेशीतालाई पालना गर्दै ९ औं महाधिवेशनदेखि स्थानीय तहबाट समावेशीता लागू गरेको भए पनि अहिले निर्वाचन निर्देशिकाले दलितहरुलाई निषेध गर्ने जालझेल गरेको भन्दै निर्देशिकाप्रति आपत्ति जनाएका छन् ।

विश्वकर्माले राजीनामा दिनुअघि नेपाल दलित संघले निर्वाचन निर्देशिका तथा अनुसूचीमा दलितका अधिकार पुनःस्थापन गर्नका लागि कांग्रेस मुख्यालयमा धर्ना दिएको थियो ।

बुधबार संघले पार्टीको महाधिवेशनका लगि तयार गरेको निर्वाचन निर्देशिका तथा अनुसूची असमावेशी भएको भन्दै कटौति भएका दलितका अधिकार पुनःस्थापना गर्नका लागि भन्दै धर्ना दिएको हो ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ५ : ५२ बजे

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक : खोज, उद्धार तथा राहत व्यवस्थापनमा उच्च प्राथमिकतामा काम गर्न निर्देशन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन

‘टनेल २६’ को आम्दानीको २५ प्रतिशत विपद् कोषमा, गृहमन्त्री गुरुङले गरे प्रशंसा

काठमाडौं– असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘टनेल २६