अफगानिस्तानबाट थप ९ जना नेपाली काठमाडौं आइपुगे, काबुलमा अझै ३४ जना उद्धारको पर्खाइमा « Khabarhub

अफगानिस्तानबाट थप ९ जना नेपाली काठमाडौं आइपुगे, काबुलमा अझै ३४ जना उद्धारको पर्खाइमा


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानबाट थप ९ जना नेपालीलाई उद्धार गरेर बुधबार काठमाडौं ल्याइएको छ । उनीहरु बुधबार बिहान कतारबाट काठमाडौँ आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । केही दिन अगाडि उनीहरुलाई अफगानिस्तानबाट उद्धार गरेर कतार पुर्याइएको थियो । उनीहरुलाई बुधबार कतार एयरको विमानबाट काठमाडौँ ल्याइएको हो ।

हालसम्म अफगानिस्तानबाट ८४७ जना नेपालीको उद्धार गरिएको परराष्ट्रले जनाएको छ ।

यस्तै अझै काबुलमा ३४ जना नेपालीहरु उद्धारको पर्खाइमा छन् । परराष्ट्रले भनेको छ, ‘काबुलमा उद्धारको पर्खाइमा रहनुभएका थप नेपाली नागरिकहरुलाई उद्धार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भैरहेको छ ।’

मंगलबार अमेरिकी सेना अफगानिस्तानबाट पूर्ण रुपमा फर्किएपछि काबुल अन्तर्राष्ट्रिय विमानस्थल तालिबानले नियन्त्रणमा छ । अझै हजारौं विदेशी नागरिक अफगानिस्तानमा उद्धारको पर्खाइमा रहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । काबुल विमानस्थल तालिबानको कब्जामा गएपछि उनीहरुको उद्धार कसरी हुन्छ भन्ने विषयमा अन्योल देखिएको छ ।

नेपालीहरुको उद्धारबारे परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भनिन्, ‘अफगानिस्तानमा हाम्रो दूतावास छैन । हाम्रा नागरिकहरुको उद्धारका लागि सबै विकल्पमा हामी छलफल गरिरहेका छौंँ ।’

अमेरिकाले पनि आफ्ना केही नागरिक काबुलमै रहेको र उनीहरुको उद्धारका लागि तालिबानसँग सम्पर्कमा रहेको जनाएको छ । तर, नेपालले भने यो विषयमा केही बताएको छैन ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ६ : ०६ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको