तालिबानले भन्योः तीन दिनमा नयाँ सरकार, महिला पनि समावेश | Khabarhub Khabarhub

तालिबानले भन्योः तीन दिनमा नयाँ सरकार, महिला पनि समावेश


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानको सत्ता नियन्त्रणमा लिएको तालिबानले महिलाप्रति गर्ने व्यवहारबारे अन्तर्राष्ट्रिय समूदायले चिन्ता व्यक्त गरिरहेका बेला तालिबानले नयाँ सरकारमा महिला पनि समावेश हुने बताएको छ ।

कतारस्थित अफगान तालिबानको राजनीतिक कार्यालयका उपप्रमुख तथा वार्ता समितिका सदस्य शेर मोहम्मद अब्बास स्टानिकजईले अफगानिस्तानमा तीन दिनभित्र नयाँ सरकार घोषणा गरिने बताएका छन् ।

बीबीसी पश्तो सेवासँको कुराकानीमा उनले समावेशी सरकार हुनेसमेत बताएका छन् । उनले तालिबानले घोषणा गर्ने नयाँ सरकारमा ठूलो संख्यामा महिलाहरु पनि हुने बताएका छन् । उनले महिलाहरु कार्यालयमा काम गर्न जान सक्नेसमेत बताएका छन् ।

उनले तालिबानको नयाँ सरकारलाई अन्तर्राष्ट्रिय समूदायबाट समर्थन हुनेसमेत विश्वास व्यक्त गरेका छन् । उनले अमेरिका र यूरोपेली संघसँग तालिबानले समन्वय गर्न चाहेकोसमेत बताएका छन् । उनले कतारस्थित कार्यालयबाट विभिन्न मुलुकहरुसँग वार्ता भइरहेकोसमेत बताएका छन् ।

अमेरिकी सेना पूर्णरुपमा स्वदेश फर्केपछि काबुल विमानस्थल कब्जामा लिएको तालिबानले केही दिनमै विमानस्थल सञ्चालनमा आउनेसमेत बताएका छन् । उनले आवश्यक कागजात भएकाहरुले अफगानिस्तान छाड्न पाउने तर कागजात नभएकाहरुले आफगानिस्तान छाड्न नपाउने बताएका छन् । (एजेन्सी)

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ७ : ०० बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका