तालिबानले भन्योः तीन दिनमा नयाँ सरकार, महिला पनि समावेश « Khabarhub

तालिबानले भन्योः तीन दिनमा नयाँ सरकार, महिला पनि समावेश


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानको सत्ता नियन्त्रणमा लिएको तालिबानले महिलाप्रति गर्ने व्यवहारबारे अन्तर्राष्ट्रिय समूदायले चिन्ता व्यक्त गरिरहेका बेला तालिबानले नयाँ सरकारमा महिला पनि समावेश हुने बताएको छ ।

कतारस्थित अफगान तालिबानको राजनीतिक कार्यालयका उपप्रमुख तथा वार्ता समितिका सदस्य शेर मोहम्मद अब्बास स्टानिकजईले अफगानिस्तानमा तीन दिनभित्र नयाँ सरकार घोषणा गरिने बताएका छन् ।

बीबीसी पश्तो सेवासँको कुराकानीमा उनले समावेशी सरकार हुनेसमेत बताएका छन् । उनले तालिबानले घोषणा गर्ने नयाँ सरकारमा ठूलो संख्यामा महिलाहरु पनि हुने बताएका छन् । उनले महिलाहरु कार्यालयमा काम गर्न जान सक्नेसमेत बताएका छन् ।

उनले तालिबानको नयाँ सरकारलाई अन्तर्राष्ट्रिय समूदायबाट समर्थन हुनेसमेत विश्वास व्यक्त गरेका छन् । उनले अमेरिका र यूरोपेली संघसँग तालिबानले समन्वय गर्न चाहेकोसमेत बताएका छन् । उनले कतारस्थित कार्यालयबाट विभिन्न मुलुकहरुसँग वार्ता भइरहेकोसमेत बताएका छन् ।

अमेरिकी सेना पूर्णरुपमा स्वदेश फर्केपछि काबुल विमानस्थल कब्जामा लिएको तालिबानले केही दिनमै विमानस्थल सञ्चालनमा आउनेसमेत बताएका छन् । उनले आवश्यक कागजात भएकाहरुले अफगानिस्तान छाड्न पाउने तर कागजात नभएकाहरुले आफगानिस्तान छाड्न नपाउने बताएका छन् । (एजेन्सी)

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ७ : ०० बजे

रवि लामिछाने संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्र कायम रहने

काठमाडौं – रवि लामिछाने संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने

रवि-बालेनलाई मुछेको ‘द ग्रे जोन’को रिपोर्टबारे जवाफ दिनै मानेनन् अर्थमन्त्रीले

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

समुद्रबाट चीनको ‘ग्राभिटी–१’ रकेट प्रक्षेपण, नौ उपग्रह अन्तरिक्षमा

एजेन्सी– चीनले बुधबार समुद्रबाट आफ्नो ‘ग्राभिटी–१’ वाई-३ वाहक रकेट सफलतापूर्वक

निक्षेप संकलनको लागि बोलकबोल आह्वान

 काठमाडौं- नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ६० अर्ब बराबरको एकमहिने

छोराको खातामा घुस लिएपछि सोताङकी उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु