प्रदेश १ मा ३८७ कोरोना संक्रमित थपिए « Khabarhub

प्रदेश १ मा ३८७ कोरोना संक्रमित थपिए


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ३८७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

एक हजार ६४ जनाको पीसीआर परीक्षण गर्दा २४८ र ८५० जनाको एन्टिजेन परीक्षण गर्दा १३९ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९५, मोरङमा ७३, सुनसरीमा ६०, इलाममा आठ, धनकुटामा पाँच, भोजपुरमा तीन, ताप्लेजुङमा एक र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको हो ।

प्रदेशमा आजै ३९३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १९३ महिला र २०० पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट तीन महिलासहित छ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ८ : ०१ बजे

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक : खोज, उद्धार तथा राहत व्यवस्थापनमा उच्च प्राथमिकतामा काम गर्न निर्देशन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन

‘टनेल २६’ को आम्दानीको २५ प्रतिशत विपद् कोषमा, गृहमन्त्री गुरुङले गरे प्रशंसा

काठमाडौं– असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘टनेल २६

बुवाको त्याग र सन्तानको जिम्मेवारीको कथा ‘बाः एक योद्धा’लाई दर्शकको साथ

काठमाडौं– शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘बाः एक योद्धा’ले सुरुवाती