मोडल निशा घिमिरेको निधन « Khabarhub

मोडल निशा घिमिरेको निधन


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको निधन भएको छ । अस्पतालका अनुसार उनको बुधबार साँझ ६ः५१ बजे निधन भएको हो ।

लामो समयदेखि नर्भिकमा उपचाररत घिमिरेको मुटु र मिर्गौलाले काम गर्न छोडेको अस्पतालले जनाएको छ । मंगलबारमात्र अस्पतालले पत्रकार सम्मेलन गर्दै उनको अवस्था स्थिर रहेको जनाएको थियो । उनलाई अक्सिजनको सपोर्ट दिएर सिसियुमा राखिएको थियो ।

नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष माेहन निराैलाले फेसबुकमार्फत निशाकाे निधनकाे पुष्टी गरेका छन् ।

उनका पिता प्रेम घिमिरेका अनुसार निशालाई पाइपको सहायताले झोलिय खानेकुरा खुवाइँदै आएको थियो ।

तीन वर्ष अघि मोडलिङ पढ्न देहरादुन पुगेको डेढ महिनामा नै उनी दुर्घटनामा परेकी थिइन् । त्यहाँ प्रारम्भिक उपचार पछि उनलाई काठमाडौंको ट्रमा सेन्टर ल्याइएको थियो ।

तीज गीतको भिडियोबाट मोडलिङ सुरु गरेकी निशाले झण्डै तीन दर्जन हाराहारीमा भिडियोमा अभिनय गरेकी छन् । उनले फिल्म ‘मधेशीपूत्र २’ र टेलिफिल्म ‘डियर जिन्दगी’मा अभिनय गरेकी छन् ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ८ : ५३ बजे

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने

आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप आवश्यक : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले आतङ्कवादको बदलिँदो स्वरूप र प्रविधिको बढ्दो दुरुपयोगसँगै यसविरुद्ध

पशुपति क्षेत्रमा तीजका लागि सफाइ

काठमाडौं– हरितालिका (तीज) को तयारीस्वरूप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ

नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालन

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर

अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन

जनकपुर– मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र जिम्मेवारी नदिन