लगातार तीन खेल जित्दै चितवन प्लेअफमा « Khabarhub

लगातार तीन खेल जित्दै चितवन प्लेअफमा


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चितवन टाइगर्स एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) को जारी चौथो संस्करणको प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ । शुक्रबार तेस्रो जित हात पार्दै दुई खेल बाँकी रहँदै चितवन प्लेअफ पुगेको हो ।

चितवनले शुक्रबार पोखरा राइनोजमाथि ९ विकेटको सहज जित हात पारेको हो । मोहमद शाहजाद र भिम सार्कीले अर्धशतकीय इनिङ्स खेलेपछि चितवनले पोखरालाई सहजै पाखा लगायो ।

खराले दिएको १ सय २४ रनको लक्ष्य चितवनले १६ ओभर ४ बलमा मात्र १ विकेट गुमाएर पूरा गर्‍यो । चितवनको जितमा शाहजाद र सार्कीले १ सय २२ रनको अविजित साझेदारी गरे ।

अफगानी क्रिकेटर शाहजादले दुई छक्का र ७ चौकाको मद्दतमा सर्वाधिक ६३ रन बनाए भने सार्कीले ४२ बलमा ५४ रन बनाए ।

ओपनर इशान पाण्डे शून्य रनमा आउट भए । पोखराका बिक्रम सोवले एक विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २३ रन बनाएको थियो । पोखराको लागि विवेक यादवले अविजित रहदै ५३ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४५ बलमा ३ छक्का र ३ चौका प्रहार गरे ।

रिचर्ड लेभीले १७ वलमा दुई छक्का र एक चौकाको मदतमा २० रन जोडे । लोकेश वम ८, कप्तान विनोद भण्डारी ५, रित गौतम २ रनमा आउट भए भने सुनिल धमला शून्य रनमै आउट भए ।

चितवनका शाहब आलम र कमल सिंह ऐरीले समान दुई–दुई विकेट लिदा सोमपाल कामीले एक विकेट हात पारे ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ५ : ३७ बजे

राष्ट्रपति पौडेलद्वारा हनुमानढोकामा देवीनाच अवलोकन

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले १२ वर्षे देवीनाच पर्वका अवसरमा हनुमानढोकामा आयोजित

हामीलाई कांग्रेसको नाम, झण्डा र रूख चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन : डा. महत

काठमाडौं- नेपाली कांग्रेस देउवा पक्षको १५औँ केन्द्रीय महाधिवेशन प्रचार–प्रसार समितिका

मंसिर १७ गते गोरखामा गुरुङ परम्पराअनुसार विवाह गर्दैछु : गृहमन्त्री

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले आगामी मंसिर १७ गते विवाह गर्ने

‘स्वतन्त्रता र लोकतन्त्र जोगाउन कांग्रेस लागेको छ’

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नागरिकको स्वतन्त्रता र लोकतन्त्र

एकै रात रूसमा १,२४६ ड्रोन खसालिएको दाबी

एजेन्सी-  रूसले शुक्रबार रातिदेखि शनिबार बिहानसम्म आफ्नो भूभागमा आक्रमण गर्न आएका