वास्तविक सुकुम्बासीको पहिचान गर्न कार्यदल बनाउँदै सरकार « Khabarhub

वास्तविक सुकुम्बासीको पहिचान गर्न कार्यदल बनाउँदै सरकार


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले वास्तविक सुकुम्बासीको पहिचान गर्न कार्यदल बनाउने भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री शशी श्रेष्ठले वास्तविक सुकुम्बासी पत्ता लगाउने बताइन् ।

‘वास्तविक सुकुम्बासी पत्ता लगाउनुपर्छ । यसका लागि एउटा कार्यदल गठन गरेर जाने तयारी छ,’ उनले भनिन्, ‘कतिपयले पाइसकेको जग्गा बेचेर फेरि सुकुम्बासी बन्ने र भएको आफ्नो जग्गा बेचेर सुकुम्बासी बनेर आउने प्रवृत्ति छ । त्यसलाई नियन्त्रण गरिन्छ । वास्तविक सुकुम्बासीको तथ्यांक संकलन गरेर उचित पुनर्स्थापना गर्ने प्रयास गर्छौं ।

सुकुम्बासीलाई जग्गा वितरण गर्न तथा ऐलानी जग्गालाई नम्बरी बनाई लालपूर्जा वितरण गर्न सरकारले सुकुम्बासी आयोग गठन गरिसकेको छ ।

मन्त्री श्रेष्ठले सडक विस्तारका क्रममा विस्थापितको पुनर्स्थापनाका लागि पहल गर्ने, अन्य मन्त्रालयसँग समन्वय गर्ने प्रतिबद्धता समेत जनाइन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ५ : ४० बजे

टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा १८ जनालाई सफाइ

काठमाडौं– विशेष अदालतले नेपाल टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा कम्पनीका तत्कालीन

सेवानिवृत्त मुख्य सचिव अर्यालको बिदाइ, कार्कीलाई स्वागत

काठमाडौं– सेवानिवृत्त मुख्य सचिव सुमनराज अर्याललाई बिदाइ तथा नवनियुक्त मुख्य

‘पदका लागि आफ्नै ससुरासँग भिड्नेले कांग्रेस मिलाउन सक्दैन, नयाँ पार्टीमा चौकिदार हुन्छु’

काठमाडौं- पछिल्लो समय पूर्वसभापति शेरबहादुर देउवा पक्षमा लागेर सम्पर्क कार्यालय

प्रतिनिधिसभाबाट चार विधेयकमा राष्ट्रियसभाका संशोधन स्वीकृत

काठमाडौं- प्रतिनिधिसभाले विभिन्न चार विधेयकमा राष्ट्रियसभाबाट भएका संशोधनलाई स्वीकृत गरेको छ।

काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिलाको मृत्यु 

काठमाडौं– काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिलाको शव फेला परेको छ