चितवन कब्जा गर्ने ओलीको उद्घोष « Khabarhub

चितवन कब्जा गर्ने ओलीको उद्घोष


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन नगरे पनि आगामी चुनावमा चितवन कब्जा गर्न सकिने बताएका छन् ।

एमालेले महाधिवेशन गरेर माओवादीलाई घेराबन्दी गर्न खोजेको अध्यक्ष प्रचण्ड र भरतपुरकी मेयर रेणु दाहालको गुनासोको प्रतिउत्तरमा ओलीले महाधिवेशन नगरे पनि एमालेले जित्ने दाबी गरे । चितवन कसैको बाउको बिर्ता नभएको ओलीको भनाइ थियो ।

‘चितवनको महाधिवेशन गर्ने भन्या के थियौं । मानिलिउ यो जिल्ला नै मेरो जस्तो गर्छन् बा । चितवनमा महाधिवेशन गर्ने कौन्सा ठूलो कुरा भयो । हामीले पहिले बुटबलमा महाधिवेशन गर्‍यौ । नेपालगंजमा गर्‍यौ । जनकपुरमा गर्‍यौं । किन छटपटि ?’ उनले प्रश्न गरे, ‘महाधिवेशन गरेरमात्रै हामीले यो जिल्ला कब्जा गर्ने होइन, जित्ने होइन । महाधिवेशन नगरे पनि जित्छौं, महाधिवेशन गरे पनि जित्छौं । हामीले यहाँ महाधिवेशन गर्दा किन टाउको दुखाई ? महाधिवेशन नगरे आफू जित्नेजस्तो पो गर्छन् ।’

अध्यक्ष ओलीले अब चितवन सूर्यमय हुने दाबी पनि गरे । ‘जनताले एकपटक धोका पाए । म त धोका पाएर दुईतीन पटक भोट माग्न आएँ । अब जनता लाटा छैनन् झण्डै दुई तिहाई पुगेको कम्युनिस्ट पार्टी ध्वस्त पार्ने, को को हुन् चिन्या छैनन् ? अब जनताले चुनावमा भोट हाल्दा हात उनीहरुतिर जान थाल्यो भने पनि कार्यकर्ताले नै यस्सो वरतिर सूर्यमा हाल्छन् । अब त्यो जमाना रहेन । अब सूर्यको जमाना आयो,’ उनले भने ।

एमाले भरतपुर नगर कमिटीको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भरतपुरमा मतपत्र च्यातेर छोरी जिताइएको, अदालतमा सेटिङ गरेर परमादेश जारी भएको कुराहरु भण्डाफोर भएकाले जनताले अरुलाई विश्वास नगर्ने तर्क गरे ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ६ : ०० बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न

चिनियाँ विदेशमन्त्री वाङले भने : नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेका छौं

काठमाडौं – चीनका विदेशमन्त्री वाङ यीले उनका नेपाली समकक्षी शिशिर

रसुवामा बाढी : स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा – जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ