वित्तीय परिचालनमा वाग्मती प्रदेश अगाडि « Khabarhub

वित्तीय परिचालनमा वाग्मती प्रदेश अगाडि


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बैंक तथा वित्तीय संस्थाको उपस्थिति र वित्तीय परिचालन वाग्मती प्रदेशमा नै केन्द्रित रहेको पाइएको छ ।

सङ्घीय राजधानीसमेत रहेको यस प्रदेशमा नै वित्तीय संस्थाको पहुँच तथा साधन परिचालन भइरहेको पाइएको हो ।

केन्द्रीय बैंकले हालै गरेको एक अध्ययनमा भनिएको छ, ‘यस बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामा पहुँच तथा साधन परिचालन बाग्मती प्रदेशमा अधिकेन्द्रित रहेको देखाएको छ ।’

यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशमा त्यस्तो परिचालन न्यून देखिएको छ । आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाको कूल शाखा सङ्ख्यामध्ये सबैभन्दा बढी (३४ प्रतिशत) वाग्मती प्रदेशमा र सबैभन्दा कम (४ प्रतिशत) कर्णाली प्रदेशमा रहेको छ ।

बैंक तथा वित्तीय संस्थाबाट परिचालन भएको कूल निक्षेपको ६८.१ प्रतिशत र कूल कर्जाको ५६.६ प्रतिशत वाग्मती प्रदेशमा रहेको छ । कर्णाली प्रदेशमा निक्षेप परिचालन र कर्जा प्रवाह दुवै न्यून रहेको देखिएको छ । अध्ययनमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको तुलनामा लघुवित्त वित्तीय संस्थाहरूको वित्तीय पहुँच तथा वित्तीय स्रोत परिचालन प्रदेशगत रूपमा बढी सन्तुलित देखिएको छ ।

केन्द्रीय बैंकले वित्तीय पहुँच अभिवृद्धि गर्दै भौगोलिक र प्रादेशिक आधारमा वित्तीय संस्थाको उपस्थिति र साधन परिचालन प्रभावकारी बनाउने कार्यलाई प्राथमिकतामा राखेको छ ।

नेपालको सङ्घीय संरचनाअनुसार वित्तीय साधन परिचालनको स्थिति पहिचान गर्ने उद्देश्यले केन्द्रीय बैंकले अध्ययन गरेको थियो । अध्ययनले प्रदेशगत आधारमा वित्तीय संस्थाहरूको पहुँच, निक्षेप परिचालन र कर्जा प्रवाहको स्थिति नियालेको छ । यसबाहेक गरिब, विपन्न, वेरोजगार र महिलालगायतले सञ्चालन गरेका व्यवसाय प्रवर्द्धन गर्न कार्यान्वयनमा ल्याइएको सहुलियतपूर्ण कर्जा तथा पुनरकर्जा सुविधाको समेत प्रदेशगत विश्लेषण गरिएको छ ।

वित्तीय पहुँच र साधन परिचालनको विश्लेषणमा सम्पूर्ण बैंक तथा वित्तीय संस्था, गैरबैंकिङ वित्तीय संस्था र सहकारी संस्थाहरूसमेत समेटिने भए पनि योअध्ययन मूलत वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको शाखा विस्तार र कारोबारमा केन्द्रित रहेको छ ।

पछिल्ला वर्षहरूमा वाग्मती प्रदेशको तुलनामा अन्य प्रदेशमा साधन परिचालन क्रमिक रूपमा विस्तार भइरहेको अध्ययनले देखाएको छ । सहुलियतपूर्ण कर्जा र पुनरकर्जाको पहुँच वाग्मती बाहेकका प्रदेशहरूमा उत्साहजनक रूपमा बढेको छ ।

औद्योगिक उत्पादन, कृषि तथा अन्य प्राथमिकता प्राप्त क्षेत्र कर्जाको वितरण क्रमिक रूपमा सन्तुलित हुँदै गएको छ । तथापि, वित्तीय पहुँच न्यून रहेका प्रदेशहरूमा साधन परिचालन अभिवृद्धि गर्न माग पक्षमा सुधार गर्नुपर्ने देखिएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ५ : ५९ बजे

सुरक्षित निर्वाचनका लागि सक्रियता बढाउँदै सेना, थाल्यो मोटरसाइकलमा गस्ती

सिन्धुली- आसन्न निर्वाचनलाई शान्तिपूर्ण, भयरहित तथा निष्पक्ष रूपमा सम्पन्न गराउ

रुस-युक्रेन युद्धमा मारिएका सैनिकको परिवारलाई किम जोङ उनले राजधानीमै घर दिने

प्योङयाङ- रुस–युक्रेन युद्धमा ज्यान गुमाएका आफ्ना सैनिकका परिवारलाई लक्षित गर्दै

डाँडापारी ‘कफी-जडीबुटी ड्रिम प्रोजेक्ट’ योजनासहित भोट माग्दै अमित लामा

काभ्रे- नेकपा एमालेका केन्द्रीय सदस्य एवम् काभ्रे क्षेत्र नं. १

जसपा नेपालका उम्मेदवार नै प्रवेश गरे एमालेमा

भैरहवा- जनता समाजवादी पार्टी (जसपा), नेपालबाट रुपन्देही क्षेत्र नम्बर ३

अफगानिस्तानमा करिब २३ लाख नागरिकलाई मानवीय सहयोग आवश्यक : युनिसेफ

काबुल- संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले आफ्नो पछिल्लो प्रतिवेदनमा