पहिला संघको र त्यसपछि स्थानीय तहको चुनावबारे छलफल भएको छ : प्रचण्ड | Khabarhub Khabarhub

पहिला संघको र त्यसपछि स्थानीय तहको चुनावबारे छलफल भएको छ : प्रचण्ड


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादीले गठबन्धन बनाउने प्रयत्न गरिरहेको बताएका छन् ।

नेपाल निजमती कर्मचारी संगठनले सोमबार काठमाडौँमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा प्रचण्डले संविधान र परिवर्तित व्यवस्थालाई मन नपराउनेहरुले सत्ता गठबन्धनलाई तोड्दै प्रतिक्रियावादी गठबन्धन बनाउने प्रयत्न गरिरहेको टिप्पणी गरे ।

उनले न्यायलयभित्र भइरहेको अहिलेको गतिबिधि पनि प्रतिक्रियावादी षडयन्त्र नै भएको बताए । उनले केपी ओली नेतृत्वको सरकारले संघीयतामाथि प्रहार गर्ने, संसदीय समितिले तयार पारेका विधयेकहरुलाई पनि अघि बढ्न नदिने र पार्टीभित्रको बहसलाई बाहाना बनाएर प्रतिनिधिसभा बिघटन गरेकाले नै निरंकुश प्रवृतिबिरुद्ध लड्नु परेको तर्क गरे ।

आफू गणतन्त्रवादी कहिल्यै नरहेको भनेर पूर्वप्रधानमन्त्रीले बोलेको सुनेको भन्दै प्रचण्डले राजनीतिक नेतृत्वले रिल्याक्स गर्ने बेला नभएको पनि बताऐ । प्रचण्डले नेकपा अस्तित्वसमा रहँदा ७० प्रतिशतले केपी ओलीलाई कारवाही गरेको र निर्वाचन आयोगले त्यसलाइ सदर गरिदिएको भए ओलीको राजनीतिक हैसियत त्यहि बेला नै सकिने धारणा राने ।

उनले खर्च कम गर्न र धाँधली रोक्न तीन तहको निर्वाचनलाई एकैचोटी गर्न सकिने बताए । आगामी निर्वाचन कसरी गर्ने भन्ने सम्बन्धमा दुई थरी विचारमा छलफल भइरहेको समेत जानकारी दिए । तीनवटै निर्वाचन एकैपटक गर्दा प्राविधिक रुपमा अप्ठ्यारो हुने हुनाले पहिले संघको निर्वाचन गर्ने र त्यसपछि स्थानीय तहको निर्वाचन गर्ने विषयमा पनि छलफल भइरहेको प्रचण्डले बताए।

कार्यक्रममा प्रचण्डले संगठनको मुखपत्र परागको पाँचौ विशेषाङ्कको बिमोचन गरेका थिए ।

 

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ६ : १४ बजे

अर्थतन्त्रका सूचकहरु सकारात्मक छन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्माले गत वर्षको तुलनामा चालु आवमा

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौं – त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र

एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नेपाली

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच