पहिला संघको र त्यसपछि स्थानीय तहको चुनावबारे छलफल भएको छ : प्रचण्ड « Khabarhub

पहिला संघको र त्यसपछि स्थानीय तहको चुनावबारे छलफल भएको छ : प्रचण्ड


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादीले गठबन्धन बनाउने प्रयत्न गरिरहेको बताएका छन् ।

नेपाल निजमती कर्मचारी संगठनले सोमबार काठमाडौँमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा प्रचण्डले संविधान र परिवर्तित व्यवस्थालाई मन नपराउनेहरुले सत्ता गठबन्धनलाई तोड्दै प्रतिक्रियावादी गठबन्धन बनाउने प्रयत्न गरिरहेको टिप्पणी गरे ।

उनले न्यायलयभित्र भइरहेको अहिलेको गतिबिधि पनि प्रतिक्रियावादी षडयन्त्र नै भएको बताए । उनले केपी ओली नेतृत्वको सरकारले संघीयतामाथि प्रहार गर्ने, संसदीय समितिले तयार पारेका विधयेकहरुलाई पनि अघि बढ्न नदिने र पार्टीभित्रको बहसलाई बाहाना बनाएर प्रतिनिधिसभा बिघटन गरेकाले नै निरंकुश प्रवृतिबिरुद्ध लड्नु परेको तर्क गरे ।

आफू गणतन्त्रवादी कहिल्यै नरहेको भनेर पूर्वप्रधानमन्त्रीले बोलेको सुनेको भन्दै प्रचण्डले राजनीतिक नेतृत्वले रिल्याक्स गर्ने बेला नभएको पनि बताऐ । प्रचण्डले नेकपा अस्तित्वसमा रहँदा ७० प्रतिशतले केपी ओलीलाई कारवाही गरेको र निर्वाचन आयोगले त्यसलाइ सदर गरिदिएको भए ओलीको राजनीतिक हैसियत त्यहि बेला नै सकिने धारणा राने ।

उनले खर्च कम गर्न र धाँधली रोक्न तीन तहको निर्वाचनलाई एकैचोटी गर्न सकिने बताए । आगामी निर्वाचन कसरी गर्ने भन्ने सम्बन्धमा दुई थरी विचारमा छलफल भइरहेको समेत जानकारी दिए । तीनवटै निर्वाचन एकैपटक गर्दा प्राविधिक रुपमा अप्ठ्यारो हुने हुनाले पहिले संघको निर्वाचन गर्ने र त्यसपछि स्थानीय तहको निर्वाचन गर्ने विषयमा पनि छलफल भइरहेको प्रचण्डले बताए।

कार्यक्रममा प्रचण्डले संगठनको मुखपत्र परागको पाँचौ विशेषाङ्कको बिमोचन गरेका थिए ।

 

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ६ : १४ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको