देशलाई समृद्धिको बाटोतर्फ अग्रसर गराउन सरकार प्रतिबद्ध : मन्त्री कार्की « Khabarhub

देशलाई समृद्धिको बाटोतर्फ अग्रसर गराउन सरकार प्रतिबद्ध : मन्त्री कार्की


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इनरुवा- सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकार देशलाई समृद्धिको बाटोतर्फ अग्रसर गराउन प्रतिबद्ध रहेको बताएका छन् ।

सुनसरीको बराहाक्षेत्र नगरपालिका–७ मा सोमबार नेपाली कांग्रेस बराहाक्षेत्र नगर कार्य समितिले आयोजना गरेको कोशी पीडित सुकुम्वासी तथा अव्यवस्थित बसोबास व्यवस्थापनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री कार्कीले सो विचार व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारको प्राथमिकता विकासको सिर्जना गरेर समृद्धिको बाटोतर्फ अग्रसर गराउने भएकाले त्यसतर्फ अहिलेको सरकार बचनबद्ध र प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

बैदेशिक लगानी भित्र्याएर स्वदेशको पुँजीलाई परिचालन गर्दै देशमा रहेको बेरोजगारीलाई अन्त्य गरेर जनताको आर्थिक जीवनस्तर उकास्नुपर्नेमा जोड दिँदै उहाँले विकास निर्माण गर्ने विषयमा पनि सबै एकै ठाउँमा उभिएर अगाडि बढ्नुपर्ने आवश्यकता औल्याए ।

‘आस्थाका आधारमा जो जुनसुकै पार्टीमा भए पनि विकास निर्माणका लागि सबै एक ठाउमा उभिनुपर्छ’, उनले भने ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ६ : २५ बजे

‘नेपाल विशेष सेवा ऐनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारी जग्गाको विवरण उपलब्ध गराउन मातहतका निकायलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफ्ना मातहतका सबै निकायलाई

बजार ओरालो लागेपछि सेबोनले आश्वासन दिँदै भन्यो, आगामी साता ‘पुँजी बजार विकास मार्गचित्र’ सार्वजनिक गर्छौँ

काठमाडौं– सेयर बजार निरन्तर ओरालो लागेपछि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले

राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकबाट ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो

पलको फिल्म ‘आबाट आमा २’ असोज ३० मा रिलिज हुने

काठमाडौं – नायक पल शाहको फिल्म ‘आबाट आमा २’ असोज