देशलाई समृद्धिको बाटोतर्फ अग्रसर गराउन सरकार प्रतिबद्ध : मन्त्री कार्की « Khabarhub

देशलाई समृद्धिको बाटोतर्फ अग्रसर गराउन सरकार प्रतिबद्ध : मन्त्री कार्की


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इनरुवा- सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकार देशलाई समृद्धिको बाटोतर्फ अग्रसर गराउन प्रतिबद्ध रहेको बताएका छन् ।

सुनसरीको बराहाक्षेत्र नगरपालिका–७ मा सोमबार नेपाली कांग्रेस बराहाक्षेत्र नगर कार्य समितिले आयोजना गरेको कोशी पीडित सुकुम्वासी तथा अव्यवस्थित बसोबास व्यवस्थापनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री कार्कीले सो विचार व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारको प्राथमिकता विकासको सिर्जना गरेर समृद्धिको बाटोतर्फ अग्रसर गराउने भएकाले त्यसतर्फ अहिलेको सरकार बचनबद्ध र प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

बैदेशिक लगानी भित्र्याएर स्वदेशको पुँजीलाई परिचालन गर्दै देशमा रहेको बेरोजगारीलाई अन्त्य गरेर जनताको आर्थिक जीवनस्तर उकास्नुपर्नेमा जोड दिँदै उहाँले विकास निर्माण गर्ने विषयमा पनि सबै एकै ठाउँमा उभिएर अगाडि बढ्नुपर्ने आवश्यकता औल्याए ।

‘आस्थाका आधारमा जो जुनसुकै पार्टीमा भए पनि विकास निर्माणका लागि सबै एक ठाउमा उभिनुपर्छ’, उनले भने ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ६ : २५ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको