कांग्रेस कमजोर बन्दा जनताले दुःख पाउँछन् : नेता सिंह « Khabarhub

कांग्रेस कमजोर बन्दा जनताले दुःख पाउँछन् : नेता सिंह


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस कमजोर बन्दा जनताले दुःख पाउने बताएका छन् ।

नेपाली कांग्रेस चितवन जिल्ला कार्यसमितिले सोमबार चितवनमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उनले कांग्रेस कमजोर बन्दा देश र जनता दुवैले दुःख पाउने बताएका हुन् । कम्युनिष्टले गर्न नसकेको काम कांग्रेसले गरेको भए पनि कांग्रेसलाई कमजोर बनाउने काम भएको हुँदा आम जनताले दुःख पाउनुपरेको उनको भनाइ थियो । उनले भने, “संविधान जारी गर्ने, शान्ति सम्झौता गर्ने लगायतका महत्वपूर्ण काम कांग्रेसको नेतृत्वमा भएको छ, तर भोट माग्न जाँदा समस्या आउँछ ।”

उनले १४ औं महाधिवेशनमा समयको माग, जनताको मर्म र संविधानको रक्षा गर्ने नेतृत्व छनोट गर्नुपर्ने बताए । पार्टीलाई विधान अनुसार चलाउनु र जनताको भावना बुझ्न सकेमा मात्रै पार्टीलाई कसैले पछि पार्न नसक्ने उनले जिकिर गरे । आगामी आम निर्वाचनमा पार्टीले आफ्नो तागतले एक्लै निर्वाचनमा जानुको विकल्प नरहेको उनको भनाइ थियो ।

कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले आम निर्वाचनमा गठबन्धन विना निर्वाचन लड्ने तयारीमा लाग्नुपर्ने बताइन् । उनले भनिन्, “चैतमा स्थानीय तहको निर्वाचन हुँदैछ, अहिलेको गठबन्धन सरकार सञ्चालनका लागि हो, निर्वाचनका लागि होईन ।”

आउँदो निर्वाचनमा पार्टीले जिल्लाका सबै तहमा जीत हासिल गर्नुपर्ने उनको भनाइ थियो । नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस धादिङ्का सभापति रमेश धमला, चिवतनका उपसभापति कैलाश कोइराला, क्षेत्रीय प्रतिनिधि सुशिला ढुङ्गानालगायतले पार्टी सङ्गठन बलियो बनाउनुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ६ : ३९ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको