स्वास्थ्यमन्त्री खतिवडा र भारतीय राजदूत क्वात्रात्रीच भेट | Khabarhub Khabarhub

स्वास्थ्यमन्त्री खतिवडा र भारतीय राजदूत क्वात्रात्रीच भेट


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडासँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले सोमबार भेट गरेका छन् । मन्त्रालयमा भएको भेटमा मन्त्री खतिवडाले नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धको महत्वपूर्ण पाटोका रुपमा स्वास्थ्य क्षेत्रको सहकार्य थप अगाडि बढाउनुपर्ने बताए ।

उनले कोभिड–१९ को महामारीको विषम परिस्थितिमा पनि भारतबाट नेपालमा औषधि, अक्सिजनलगायत अन्य स्वास्थ्य सामग्रीको निरन्तर रुपमा आपूर्ति हुनु अत्यन्तै सराहनीय रहेको बताए । “सबै लक्षित जनसङ्ख्यालाई यथाशक्य चाँडो कोभिड–१९ विरुद्धको खोप लगाई सक्ने लक्ष्यअनुरुप नेपालले कार्य गरिरहँदा भारत सरकारबाट प्राप्त सहयोग र सहकार्य अन्यन्तै महत्वपूर्ण छ”, उनले भने ।

मन्त्री खतिवडाले नेपालमा मिर्गौलाका बिरामीहरु बढ्दै गइरहेको भन्दै करिब २०० वटा डाइलाइसिस मेसिन उपलब्ध गराई दिनसमेत अनुरोध गरे । भारत सरकारले नेपाललाई उपलब्ध गराउने एम्बुलेन्स सहायता पनि सहकार्यको एउटा अभिन्न अङ्गका रुपमा रहेको भन्दै मन्त्री खतिवडाले प्रशंसा गरे ।

भारतले नेपाल र भारत दुई देशले प्रदान गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपसी मान्यता दिने गरी ल्याएको प्रस्तावको विषयमा परराष्ट्र मन्त्रालयको सुझावबमोजिम कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा गृह मन्त्रालयको राय सहमति आएपश्चात् मात्र प्रक्रिया अगाडि बढ्ने विचारसमेत मन्त्रीले राखे ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ८ : ०३ बजे

मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउँछौँ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिडियाको सबलीकरण र

विपद् व्यवस्थापन गर्न बजेट होइन इच्छाशक्ति हुनुपर्‍यो : गृहमन्त्री लामिछाने

काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापन गर्न बजेट

बाटो ढुकेर सिरहाका अमितले हानेका थिए १२ कक्षाकी विद्यार्थीलाई गोली

झापा- झापाको दमकमा शुक्रबार बिहान १२ कक्षाकी एकजना विद्यार्थीलाई गोली

संयुक्त राष्ट्रसङ्घको महासभाद्वारा मे २४ लाई ‘अन्तर्राष्ट्रिय मारखोर दिवस’ घोषणा 

संयुक्त राष्ट्रसङ्घ- संयुक्त राष्ट्रसङ्घको महासभाले बिहीबार मे २४ लाई अन्तर्राष्ट्रिय

जेठ १३ गतेदेखि देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै

काठमाडौं- सरकारले आउँदो जेठ १३ गतेदेखि देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप