स्वास्थ्यमन्त्री खतिवडा र भारतीय राजदूत क्वात्रात्रीच भेट « Khabarhub

स्वास्थ्यमन्त्री खतिवडा र भारतीय राजदूत क्वात्रात्रीच भेट


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडासँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले सोमबार भेट गरेका छन् । मन्त्रालयमा भएको भेटमा मन्त्री खतिवडाले नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धको महत्वपूर्ण पाटोका रुपमा स्वास्थ्य क्षेत्रको सहकार्य थप अगाडि बढाउनुपर्ने बताए ।

उनले कोभिड–१९ को महामारीको विषम परिस्थितिमा पनि भारतबाट नेपालमा औषधि, अक्सिजनलगायत अन्य स्वास्थ्य सामग्रीको निरन्तर रुपमा आपूर्ति हुनु अत्यन्तै सराहनीय रहेको बताए । “सबै लक्षित जनसङ्ख्यालाई यथाशक्य चाँडो कोभिड–१९ विरुद्धको खोप लगाई सक्ने लक्ष्यअनुरुप नेपालले कार्य गरिरहँदा भारत सरकारबाट प्राप्त सहयोग र सहकार्य अन्यन्तै महत्वपूर्ण छ”, उनले भने ।

मन्त्री खतिवडाले नेपालमा मिर्गौलाका बिरामीहरु बढ्दै गइरहेको भन्दै करिब २०० वटा डाइलाइसिस मेसिन उपलब्ध गराई दिनसमेत अनुरोध गरे । भारत सरकारले नेपाललाई उपलब्ध गराउने एम्बुलेन्स सहायता पनि सहकार्यको एउटा अभिन्न अङ्गका रुपमा रहेको भन्दै मन्त्री खतिवडाले प्रशंसा गरे ।

भारतले नेपाल र भारत दुई देशले प्रदान गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपसी मान्यता दिने गरी ल्याएको प्रस्तावको विषयमा परराष्ट्र मन्त्रालयको सुझावबमोजिम कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा गृह मन्त्रालयको राय सहमति आएपश्चात् मात्र प्रक्रिया अगाडि बढ्ने विचारसमेत मन्त्रीले राखे ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ८ : ०३ बजे

सुरक्षित निर्वाचनका लागि सक्रियता बढाउँदै सेना, थाल्यो मोटरसाइकलमा गस्ती

सिन्धुली- आसन्न निर्वाचनलाई शान्तिपूर्ण, भयरहित तथा निष्पक्ष रूपमा सम्पन्न गराउ

रुस-युक्रेन युद्धमा मारिएका सैनिकको परिवारलाई किम जोङ उनले राजधानीमै घर दिने

प्योङयाङ- रुस–युक्रेन युद्धमा ज्यान गुमाएका आफ्ना सैनिकका परिवारलाई लक्षित गर्दै

डाँडापारी ‘कफी-जडीबुटी ड्रिम प्रोजेक्ट’ योजनासहित भोट माग्दै अमित लामा

काभ्रे- नेकपा एमालेका केन्द्रीय सदस्य एवम् काभ्रे क्षेत्र नं. १

जसपा नेपालका उम्मेदवार नै प्रवेश गरे एमालेमा

भैरहवा- जनता समाजवादी पार्टी (जसपा), नेपालबाट रुपन्देही क्षेत्र नम्बर ३

अफगानिस्तानमा करिब २३ लाख नागरिकलाई मानवीय सहयोग आवश्यक : युनिसेफ

काबुल- संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले आफ्नो पछिल्लो प्रतिवेदनमा