सुदूरपश्चिमा नेकपा एसका पदाधिकारीको कार्यविभाजन | Khabarhub Khabarhub

सुदूरपश्चिमा नेकपा एसका पदाधिकारीको कार्यविभाजन


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– एमाले विभाजनपछि सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीले पार्टी कमिटीका पदाधिकारीको कार्यविभाजन गरेको छ ।

सोमबार धनगढीमा गरिएको पत्रकार सम्मेलनमा सो पार्टीका सुदूरपश्चिम प्रदेश इन्चार्ज गरिमा शाहले ठूलो दलको हैसियतमा आफ्नो पार्टीको नेतृत्वमा प्रदेश सरकार गठन हुनुपर्ने माग पार्टी नेतृत्व समक्ष गर्नेसहित कमिटीका पदाधिकारीको कार्यविभाजन गरिएको जानकारी दिइन् ।

पदाधिकारीको कार्यविभाजनअनुसार सङ्गठन विभाग प्रमुखमा शेरबहादुर कुँवर, पार्टी स्कुल विभाग प्रमुखमा हर्कबहादुर सिंह, कोष तथा आर्थिक व्यवस्था विभाग प्रमुखमा दीर्घबहादुर सोडारी, प्रचार तथा प्रकाशन विभाग प्रमुखमा तारालामा तामाङ, प्रदेश कार्यालय व्यवस्थापन प्रमुखमा दिनेशचन्द्र सुवेदी र महिला फाँट प्रमुखमा माया भट्टलाई जिम्मेवारी दिइएको छ ।

सो अवसरमा वितरित प्रेस विज्ञप्तिमा यही कात्तिक महिनाभित्र जिल्ला कमिटी र नगर तथा गाउँ कमिटी गठन तथा विस्तार गरिसक्ने जनाइएको छ । पत्रकार सम्मेलनमा ठूलो दलको हैसियतमा आफ्नो नेतृत्वमा प्रदेश सरकार गठन हुनुपर्ने माग अस्वाभाविक नरहेकाले यो माग पार्टीको नेतृत्वसमक्ष राख्ने निर्णय भएको सो पार्टीका सुदूरपश्चिम प्रदेश इन्चार्ज शाहले जानकारी दिइन् ।

प्रदेशसभामा नेकपा (एकीकृत समाजवादी) का १४, नेकपा माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, नेकपा एमालेका सभामुखबाहेक दस सदस्य छन् । यस्तै जनता सामाजवादी पार्टी र नवगठित लोकतान्त्रिक समाजवादी पार्टीका एक–एकजना सदस्य छन् ।

नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकारमा नेकपा एमालेबाट विभाजन भई गठन गरिएको नेकपा (एकीकृत समाजवादी) पार्टी सहभागी छ । पार्टी विभाजनसँगै एमालेबाट सरकारमा सहभागी रहेका मन्त्री सरकारबाट बाहिरिएका थिए ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ८ : ४६ बजे

आजका समाचार : नेपालमा एमसीसी नरोकिने, दीपक मनाङेको सांसद पद खारेज र अमेरिकासामु आत्मसमर्पण गर्न मानेन इरान

द्रुतमार्गबारे आदिवासी जनजाति आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाईप्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आदिवासी

पर्यापर्यटन विकास गर्न हिमालको प्रवर्द्धन आवश्यक : राजदूत पार्क

काठमाडौं– नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क थेयङले नेपालको पर्यापर्यटनको

सुशासनका लागि स्थायी सरकार आवश्यक : सभापति खतिवडा

पाटन– राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सुशासनका

नयाँदिल्ली हुँदै खाडीमुलुक जान लागेका पाँच जना नियन्त्रणमा

वीरगञ्ज– सशस्त्र प्रहरी बल नेपाल पर्साले अवैधरूपमा भारतीय नाका हुँदै

एमालेलाई आत्मसमीक्षा गर्न सुझाउँदै प्रकाश पौडेल भन्छन्- भोलि ‘मरेँ मरेँ’ भन्दा पनि कार्यकर्ताले साथ नदेलान्

काठमाडौं- अनेरास्ववियुको २४ औँ महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार प्रकाश पौडेलले