बैतडीका १० वटै स्थानीय तहमा एमालेको सर्वसम्मत नेतृत्व चयन | Khabarhub Khabarhub

बैतडीका १० वटै स्थानीय तहमा एमालेको सर्वसम्मत नेतृत्व चयन


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीमा नेकपा एमालेको स्थानीय तहहहरूको अधिवेशन सोमबार सम्पन्न भएको छ । जिल्लाका १० वटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको पार्टी जिल्ला सचिव तथा प्रदेशसभा सांसद लीलाधर भट्टले बताए ।

बैतडीको दशरथचन्द नगरपालिकामा अजब पाण्डेको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी सर्वसम्मतिबाट चयन गरिएको छ । कमिटीको उपाध्यक्षमा नारायणप्रसाद भट्ट, सचिवमा कल्पना क्षेत्री राना, उपसचिवमा चन्द्रसिंह टेर र गगन बिष्ट चयन भएका छन् ।

पाटन नगरपालिकाको नगर कमिटी अध्यक्षमा ललित ठगुन्नालाई चयन गरिएको छ । कमिटीको उपाध्यक्षमा हरिदत्त भट्ट, सचिवमा धर्मराज भट्ट, उपसचिवमा बसन्ती चन्द र भीम भट्टलाई चयन गरिएको छ भने अन्य ७० जना सदस्य गरी ७५ सदस्यीय नगर कमिटी गठन गरिएको छ ।

यसैगरी जिल्लाको मेलौली नगरपालिकामा राजबहादुर चन्दको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा विजयसिंह नायक, सचिवमा गोरखबहादुर चन्द, उपसचिवमा रमेशबहादुर चन्द र गोरखसिंह बिष्ट चयन भएका छन् भने अन्य सदस्यहरू रहेका छन् ।

जिल्लाको दोगडाकेदार गाउँपालिकामा काशीसिंह बिष्टको अध्यक्षतामा ७५ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा हेमा भट्ट कपाडी, सचिवमा कमल भूल, उपसचिवमा वीरभानसिंह कार्की र भरतसिंह बिष्ट चयन भएका छन् भने अन्य सदस्यहरू रहेको पार्टीको जिल्ला उपसचिव चक्र कार्कीले बताए ।

यस्तै, डिलाशैनी गाउँपालिकामा रघुवीर बोहराको अध्यक्षतामा ७५ सदस्यीय पालिका कमिटी चयन भएको छ । कमिटीको उपाध्यक्षमा हिक्मत धामी, सचिवमा वीरबहादुर माल, उपसचिवमा उर्मिला जोशी र सन्तोष राना चयन भएका छन् भने अन्य सदस्य रहेको अनेरास्ववियुका केन्द्रीय सदस्य यज्ञराज भट्टले बताए ।

यसैगरी जिल्लाको सिगास गाउँपालिका कमिटीको अध्यक्षमा रामसिंह धामी चयन भएका छन् । कमिटीको उपाध्यक्षमा सूर्यबहादुर बोहरा, सचिवमा जसवीरसिंह साउद, उपसचिवमा भानसिंह धामी र दानसिंह धामी चयन भएको एमाले जिल्ला सचिवालय सदस्य रमिल बमले बताए ।

जिल्लाको शिवनाथ गाँउपालिका कमिटी अध्यक्षमा महेन्द्र चन्द चयन भएका छन् । उपाध्यक्षमा सुरेन्द्र साउद तथा सचिवमा मनोज ठकुराठी चयन भएका छन् भने उपसचिवमा चन्द्रसिंह साउद र चम्फा साउद चयन भएका छन् ।

यसैगरी जिल्लाको पञ्चेश्वर गाउँपालिका कमिटीको अध्यक्षमा प्रकाश चन्द तथा उपाध्यक्षमा रामसिंह पुजारा चयन भएका छन् । सचिवमा कृष्ण पेला चयन भएका छन् भने उपसचिवमा बिमला घटाल र कालुसिंह जोशी चयन भएको एमाले केन्द्रीय सदस्य पुरनसिंह दयालले बताए ।

जिल्लाको सुर्नया गाउँपालिका कमिटी अध्यक्षमा राजेन्द्रप्रसाद भट्ट सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षमा लालबहादुर पाण्डे तथा सचिवमा आनन्दसिंह बोहरा चयन भएका छन् भने उपसचिवमा निरञ्जन बिष्ट र पदम अवस्थी चयन भएका छन् ।

यसैगरी जिल्लाको पुर्चौडी नगरपालिकाको नगर कमिटीमा कर्णबहादुर धामीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको छ । अन्य पदाधिकारी र सदस्यहरूसमेत सर्वसम्मतिबाट चयन भएको एमाले जिल्ला सचिव लीलाधर भट्टले बताए । बैतडी जिल्लाका ८४ वटै वडाहरू र १० वटै पालिकामा सर्वसम्मत कमिटीहरू चयन भएको उनले बताए ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ९ : ०२ बजे

गण्डकीमा सत्ताको चाबी बनेका मनाङेको राजनीतिक ‘इनिङ्स’ समाप्त

पोखरा – गण्डकी प्रदेशको सत्ता राजनीतिमा जब-जब सङ्कट आउँथ्यो, एक

बालुवाटारमा ८ नेताको बैठक : शिक्षा विधेयकदेखि हाइड्रो व्यवसायीको गुनासोसम्म छलफल

काठमाडौं– सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसका शीर्षनेताहरुबीच

‘ट्राभल एडभाइजरी’ जारी गर्दै परराष्ट्रले भन्यो : इजरायल र इरानमा भ्रमण नगर्नू

काठमाडाैं – नेपाल सरकारले आवश्यक नभएसम्म इजरायल र इरानमा यात्रा

गण्डकी प्रदेशस्तरीय क्रिकेट : घरेलु टोली कास्कीको लगातार दोस्रो जित

कास्की – पोखरा रङ्गशालाको क्रिकेट मैदानमा जारी गण्डकी प्रदेशस्तरीय पुरुष

भारतीय विमान दुर्घटनामा ज्यान गुमाएका २०० भन्दा बढीको सनाखत

अहमदाबाद – एयर इन्डियाको विमान दुर्घटनामा परी ज्यान गुमाएका कम्तीमा