म्युनिख र बार्सिलोनाको खेल बन्द रंगशालामा हुने « Khabarhub

म्युनिख र बार्सिलोनाको खेल बन्द रंगशालामा हुने


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिगअन्तर्गत जर्मन बुण्डेसलिगा क्लब बायर्न म्युनिख र स्पेनिस ला लिगा क्लब बार्सिलोनाबीचको खेल बन्द रंगशालामा हुने भएको छ।

युरोपमा बढ्दै गएको कोरोना भाइरस महामारीको कारण बायर्न र बार्सिलोनाबीचको खेल बिना दर्शक हुन लागेको हो । खेल बायर्न घरेलु मैदान एलिनाजमा ९ डिसेम्बरमा हुनेछ ।

कोरोना संक्रमण बढ्दै गएपछि जर्मन सरकारले दर्शक बिना खेल गराउने तयारी थालेको हो । समूह ‘इ’ मा बायर्न ५ खेलबाट १५ अंकसहित शीर्षस्थानमा रहँदै अन्तिम १६ मा स्थान बनाइसकेको छ ।

बार्सिलोना भने ७ अंकसहित दोस्रो स्थानमा छ । ५ अंक रहेको बेन्फिका तेस्रो स्थानमा रहँदा १ अंकको ड्यनामो केईभ पुछारमा छ ।

समूहको उपविजेताको रुपमा नक आउट चरणमा स्थान बनाउन बार्सिलोनालाई जित आवश्यक छ ।
अन्तिम खेलमा बार्सिलोना बायर्नसँग पराजित तथा बेन्फिकाले केईभलाई पराजित गरेको खण्डमा भने बार्सिलोना समूह चरणबाट बाहिरिनेछ ।

एकै समयमा हुने खेलमा यदि बेन्फिका र केईभले बराबरी खेले बार्सिलोना दोस्रो चरणमा प्रवेश गर्नेछ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  १ : ४८ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र