म्युनिख र बार्सिलोनाको खेल बन्द रंगशालामा हुने « Khabarhub

म्युनिख र बार्सिलोनाको खेल बन्द रंगशालामा हुने


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिगअन्तर्गत जर्मन बुण्डेसलिगा क्लब बायर्न म्युनिख र स्पेनिस ला लिगा क्लब बार्सिलोनाबीचको खेल बन्द रंगशालामा हुने भएको छ।

युरोपमा बढ्दै गएको कोरोना भाइरस महामारीको कारण बायर्न र बार्सिलोनाबीचको खेल बिना दर्शक हुन लागेको हो । खेल बायर्न घरेलु मैदान एलिनाजमा ९ डिसेम्बरमा हुनेछ ।

कोरोना संक्रमण बढ्दै गएपछि जर्मन सरकारले दर्शक बिना खेल गराउने तयारी थालेको हो । समूह ‘इ’ मा बायर्न ५ खेलबाट १५ अंकसहित शीर्षस्थानमा रहँदै अन्तिम १६ मा स्थान बनाइसकेको छ ।

बार्सिलोना भने ७ अंकसहित दोस्रो स्थानमा छ । ५ अंक रहेको बेन्फिका तेस्रो स्थानमा रहँदा १ अंकको ड्यनामो केईभ पुछारमा छ ।

समूहको उपविजेताको रुपमा नक आउट चरणमा स्थान बनाउन बार्सिलोनालाई जित आवश्यक छ ।
अन्तिम खेलमा बार्सिलोना बायर्नसँग पराजित तथा बेन्फिकाले केईभलाई पराजित गरेको खण्डमा भने बार्सिलोना समूह चरणबाट बाहिरिनेछ ।

एकै समयमा हुने खेलमा यदि बेन्फिका र केईभले बराबरी खेले बार्सिलोना दोस्रो चरणमा प्रवेश गर्नेछ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  १ : ४८ बजे

विपद्पछिको पुनर्निर्माणमा अस्ट्रेलिया नेपालको साथमा छ : अस्ट्रेलियाली प्रधानमन्त्री

न्यूयोर्क – अस्ट्रेलियाका प्रधानमन्त्रीले विनाशकारी बाढी र पहिरोबाट सिर्जित संकटसँग

पहिरोले बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक – अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध

शुक्रबार बिहानैदेखि देशका अधिकांश भागमा वर्षा, धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले

प्रधानमन्त्री बालेनले राष्ट्रसङ्घ सहासभामा उठाएका १७ सवाल

काठमाडौँ – नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संयुक्त राष्ट्रसङ्घको ८१औँ

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनले के के भने ?

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढी, जलवायु परिवर्तन र