बिहे गरेपछि प्रत्येक रात ससुराली जानै पर्ने « Khabarhub

बिहे गरेपछि प्रत्येक रात ससुराली जानै पर्ने


१८ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  चीनमा एउटा अचम्मको परम्परा रहेको तथ्य सार्वजनिक भएको छ ।

युनान प्रान्तका मुसो आदिवासीमा प्रचलित यो परम्परामा बिहे गरिसकेपछि पति-पत्नी एकै घरमा बस्दैनन् । अर्थात्, महिलाहरू आफ्नो पतिको घर जाँदैनन्, माइतीमै बस्छन् । पति पनि आफ्नै घरमा ।

बरु, बिहेपछि पतिहरू आफ्नै पत्नीसँग बस्न वा रात बिताउन हरेक रात ससुराली जान्छन् । आफ्नी श्रीमतीसँग भेट्न हरेक बेलुका ससुराल जाने र विहानै आफ्नो घर फर्किने यो परम्परा अनौठो रहेको छ ।

अझ विशेष त, ती पति–पत्नीको सम्बन्धमा कुनै आर्थिक लेनदेन पनि हुँदैन । दुईमध्ये यदि कसैलाई चित्त बुझेन भने पनि सम्बन्ध तोड्ने छुट उनीहरूलाई हुन्छ ।

त्यसैगरी, उनीहरूबाट जन्मिएका बालबच्चा हुर्काउन वा लालनपालन गर्ने जिम्मेवारी बाबुको काँधमा हुँदैन । त्यो काम पनि महिलाले नै गर्छन् ।

यो आदिवासी समुदायमा कुनै महिलाले बच्चा जन्माएपछि हुर्काउने, पढाउने जिम्मेवारी महिलाकै माइती पक्षले गर्ने परम्परा छ ।-एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ५ : ४६ बजे

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग