टोकियोमा कोभिडको तेस्रो लहर फैलिनबाट रोक्न ‘स्वास्थ्य संकटकाल’ लगाउन आग्रह « Khabarhub

टोकियोमा कोभिडको तेस्रो लहर फैलिनबाट रोक्न ‘स्वास्थ्य संकटकाल’ लगाउन आग्रह


१८ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जापान– टोकियोका गभर्नरले शनिबार जापानको केन्द्रीय सरकारलाई  स्वास्थ्य आपतकालीन अवस्था घोषणा गर्न गरेका छन् ।

देशले कोरोनाभाइरसको तेस्रो लहरको सामना गरिरहेको र कोभिड–१९ सङक्रमितको संख्यामा अत्यधिक वृद्धि भएपछि सङ्क्रमण नियन्त्रणका लागि टोकियोका गभर्नरले केन्द्र सरकारको अनुमति माग गरेका हुन ।

गभर्नर यूरिको कोइकीले तीन छिमेकी क्षेत्रका गभर्नरहरूसँग मिलेर कोरोनाभाइरस नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न मन्त्री यासुतोशी निशिमुरासँग भेट गरेका हुन । भेटमा उनीहरूको इलाकामा नियन्त्रणका उपाय लागु गर्नुपर्ने माग कोइकीले राखेका थिए ।

जापानी अधिकारीहरूले हालैका हप्ताहरूमा रेस्टुरेन्टहरू र व्यवसायहरूलाई चाँडै बन्द गर्न र मानिसहरूलाई सकेसम्म धेरै समय घरभित्रै बस्न आग्रह गरेका थिए । यसले जापानमा सङ्क्रमण दर बढेपछि नियन्त्रणका लागि अपनाईएको पूर्व सावधानीलाई बताएको तर यो उपायले मात्र कोभिड–१९ नियन्त्रणमा ढिलाई हुने प्रतिक्रिया कोइकीले दिएका छन ।

“टोकियो र तीन छिमेकी प्रान्तहरुमा भएको सङ्क्रमणपछि चिकित्सा प्रणालीको अवस्थालाई ध्यानमा राख्दै हामीले विभिन्न समूहले गरेको आन्दोलनलाई तुरुन्त र पूर्ण रूपले रोक्न आवश्यक भएको निश्कर्षमा पुगेका छौँ,” उनले भने ।

सङ्क्रमणका घटनामा वृद्धि जारी रहेमा आपतकालीन अवस्था आवश्यक पर्न सक्छ, सरकारले अवस्थालाई गम्भीर ठानेको र अनुरोधमा छलफल गर्ने बताएका थिए ।

बिहीबार टोकियोमा एक हजार ३०० भन्दा बढी थप सङ्क्रमित भएपछि र देशभर पनि सङ्क्रमण दर उच्च देखिएपछि स्वास्थ्य सङ्कटकालका लागि छलफल सुरु भएको हो । जापानमा अहिलेसम्म कूल दुई लाख ३४ हजारभन्दा बढी सङ्क्रमित बनेका छन् भने तीन हजार ४६० सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ ।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ७ : ०५ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु