‘पार्टीभित्रबाटै काम गर्न असहज भयो’ « Khabarhub

‘पार्टीभित्रबाटै काम गर्न असहज भयो’


१८ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पार्टीकै साथीका कारण सरकारले राम्रोसँग काम गर्न नसकेको बताएका छन् ।

आज विदुरमा विदुर नगरस्तरीय कार्यकर्ता भेलामा मन्त्री ढकालले पार्टीभित्रै प्रतिपक्षको भन्दा बढी आलोचना गर्ने नेताका कारण सरकारले गति लिन नसकेको बताएका हुन् । “यो सरकारको अहिलेसम्मको अवधि हेर्ने हो भने प्रतिपक्षले भन्दा बढी पार्टीभित्रकै केही नेताहरुले विरोध गरेका पाइन्छ”, मन्त्री ढकालले भने ।

मन्त्री ढकालले सरकारले संसद् विघटन गरेर निर्वाचनको घोषणा संविधानसम्मत भएको दाबी गरे । उनले भने, “संविधानमा विघटन नभएको अवस्थामा बाहेक संसद् पाँच वर्ष चल्नेछ भनेर उल्लेख गरेकाले सरकारले संसद् विघटन गरेको संविधानविपरीत भयो भन्न हुँदैन ।”

मन्त्री ढकालले निर्वाचन हुँदैन कि भन्ने अन्योलतामा नबस्न कार्यकर्तालाई आग्रह गरे । “नयाँ जनमतसहित आएर फेरि सरकार चलाउने हो । निर्वाचन तोकिएको समयमा नै हुन्छ । ढुक्क भएर निर्वाचनको तयारीमा लाग्नुहोला”, मन्त्री ढकालले भने ।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ७ : ४० बजे

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा

प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन

किमाथांका–  कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत

उपेन्द्र भन्छन- मधेशको अधिकार र पहिचानका लागि धेरै लड्यौँ, अब कसैले हेप्न सक्दैनन्

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार,

युरोपियन युनियनसँग ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौतापछि भारत उत्साहित

काठमाडौं- भारत र युरोपियन युनियन (ईयू) बीच स्वतन्त्र व्यापार सम्झौता