मन्त्री साहको गाडीले ठक्कर दिएर भागे, उपचारको जिम्मा लिए मेयरले « Khabarhub

मन्त्री साहको गाडीले ठक्कर दिएर भागे, उपचारको जिम्मा लिए मेयरले


१८ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– शहरी विकासमन्त्री प्रभु साह सवार जिपले ठक्कर दिई घाइते भएकाको सम्पूर्ण उपचार खर्च हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईले जिम्मा लिएका छन्।

शनिबार मध्यान्ह पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवनमा मन्त्री साह सवार ना१झ ३८४२ नम्बरको जिपले ठक्कर दिँदा लालबन्दी नगरपालिका–८ चन्द्रपुरका ३० वर्षीय बच्चु तामाङ गम्भीर घाइते भएका थिए।

​घाइतेको हरिवनस्थित स्वाभीमान अस्पतालमा उपचार भइरहेको छ।

मन्त्री साह रौतहटको गरुडाबाट महोत्तरीको जलेश्वरतर्फ जाँदै गर्दा जिपले ठक्कर दिँदा तामाङको कम्मर र ढाडमा चोट लागेर घाइते भएको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) संतोष सिंह राठौरले जानकारी दिए।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  १० : ०६ बजे

अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने

न्यूयोर्क – अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी (अमेजन)ले अक्टोबरमा घोषणा गरिएको

घरदैलो अभियानमा भ्याइनभ्याइ उम्मेदवार

कञ्चनपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

सरोकारवालाको चिन्ता : मूल मुद्दा छाडेर गरिने निर्वाचनले निकास दिँदैन

काठमाडौं– मुलुक निर्वाचनमय बनिसकेको छ । निर्वाचन आयोगले आगामी फागुन

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ