अबेर रातीसम्म निन्द्रा नपरे आजै अपनाउनुहोस् यी १० उपाय | Khabarhub Khabarhub

अबेर रातीसम्म निन्द्रा नपरे आजै अपनाउनुहोस् यी १० उपाय


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिले युवापुस्तामा अबेर रातसम्म निन्द्रा नपर्ने समस्या छ । ओछ्यानमा पल्टिएर मोवाइ चलाउने बानीका कारण मानिसको निन्द्रा नपुग्ने समस्या देखिएको हो ।

तर यसरी निन्द्रा नपर्ने कारणले मानिसमा कुण्ठा पैदा हुने र शरीरमा नकारात्मक असर देखा पर्दछ । तसर्थ मानिसले दैनिक औसत ७ देखि ८ घण्टासम्म सुत्नुपर्दछ । आज हामी निन्द्रा नपर्ने समस्याका केहि समाधानबारे चर्चा गर्नेछौ ।

१. बेलुका ओछ्यानमा जानु १ घण्टाअघि अनिवार्य रुपमा मोवाइल, ल्यापटप, कम्प्युटर एवम् टेलिभजन बन्द गर्नुहोस् ।
२. ओच्छ्यानमा सुत्न त्यसबेला मात्र जानुहोस्, जब तपाईंलाई मज्जाले निन्द्राले च्याप्छ ।
३. ओछ्यानमा पल्टिसकेपछि आखाँ बन्द गरेर सुत्ने प्रयाश गर्नुहोस्, जागै नबस्नुहोस् ।
४. यदि ओछ्यानमा पल्टिएको २५ मिनेटसम्म पनि निन्द्रा नलागेमा उठेर आफूलाई अल्छी लाग्ने काम गर्न थाल्नुहोस् ।
५. राती निन्द्रा नपर्ने समस्या भएकाहरुले भुलेर पनि दिउँसो सुत्ने बानी बसाल्नु हुदैँन ।
६. आफूले सुत्ने र उठ्ने समय तालिका नियमित एकै समयको पार्नुहोस् ।
७. ओछ्यानमा जानुअघि ६ घण्टा पहिलेदेखि कफी, मदिरा र निकोटिनको प्रयोग नगर्नुहोस् ।
८. रातको खाना खाइसकेपछि साधारण काममा व्यस्त हुनुहोस् ।
९. भोको पेट वा धेरै खाएमा पनि राम्रो निन्द्रा पर्दैन त्यसैले ठिक्क मात्र खानुहोस् ।
१०. सुतेको समयमा फोनमा कुराकानी गर्ने बानी त्याग्नुहोस् ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  १० : ३६ बजे

मोदीद्वारा माल्दिभ्ससँग सम्बन्ध नवीकरण

नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार माल्दिभ्सको भ्रमण समाप्त

एजुकेसन कन्सल्टेन्सीहरूमा उपभोक्ता विभागको अनुगमन, दर्जनौँ कारबाहीमा

काठमाडौं– विद्यार्थीलाई विदेशी विश्वविद्यालयमा अध्ययन गर्न परामर्श दिने उद्देश्यले खोलिएका

अमेरिकामा बोइङ विमानमा आगलागी : ल्यान्डिङ गियर फेल, १७३ यात्रुलाई बचाइयो

डेनभर, अमेरिका– अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार एउटा जहाज ठूलो

बराहक्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका छौँ :  मुख्यमन्त्री कार्की

धरान– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धार्मिक क्षेत्रको संरक्षण, पूर्वाधार

बुटवलस्थित जबई खेल मैदानमा कर्णेल उजिरसिंह थापा रङ्गशाला बन्दै

लुम्बिनी– बुटवल उपमहानगरपालिका वडा नं १३ सालघारीस्थित जबई खेल मैदानलाई