विकास निर्माणका काम धमाधम (फोटो फिचर) | Khabarhub Khabarhub

विकास निर्माणका काम धमाधम (फोटो फिचर)


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशभर अहिले सडक मर्मतलगायतका विभिन्न आयोजनाको निर्माण कार्य जारी छ । धेरै ठाउँमा पुलको शिलान्यास तथा उद्घाटन भएका छन् ।

खानेपानी आयोजना, सडक विस्तार आयोजना तथा जलविद्युत आयोजना पनि क्रमश: भइरहेका छन् । विकासका काममा स्थानीयबासीको सक्रिय सहभागिता छ ।

तस्वीरमा हेर्नुहोस विकास आयोजनाका काम :

नलगाड नगरपालिका-७ मा विद्युत उत्पादन गृह निर्माण गरी ११७ मेगावाट विद्युत उत्पादन गर्नका लागि नलगाड जलविद्युत आयोजनाद्वारा निर्माण गरिएका भौतिक संरचना । कर्मचारीका आवास गृह, नेपाली सेनाको सुरक्षा कार्य दलको आवास, हेलिप्याड निर्माण भइसकेको छ ।
खानेपानी तथा उर्जा विकास कार्यालय जाजरकोटले शिवालय गाउँपालिका-२ मा १३५ घरधुरीलाई एक घर, एक धारा निर्माण गर्ने उद्देश्यका साथ रु २० लाखमा डुङ्ग्राखोला ढाडमेला लामाकाटिया खानेपानी योजना निर्माण कार्य जारी रहको छ । यसै आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
दोर्दीखोला जलविद्युत आयोजनाको पाइप लाइनको काम गर्दै कामदार । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा लमजुङमा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत आयोजनाको पाइप लाइनको काम गर्दै कामदार । सो आयोजनाको ९६ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।
लमजुङ बेँसीशहर नगरपालिका-८ फूलबारी चोकमा सोमबार दिउसो पुरानो पाइप हटाएर नयाँ खानेपानी पाइप जडान गर्दै प्राविधिक । सहभाचोक खानेपानी आयोजनाको पानी बेँसीशहरको सबै घरघरमा लैजानका लागि नयाँ पाइप जडान कार्य भइरहेको छ ।
तनहुँको घिरिङ गाउँपालिका-४ नयाँटारस्थित तिरन्दीखोलामा पक्की पुल निर्माण शुरु गरिँदै । तिरन्दीखोलामा रु तीन करोड १४ लाख एक हजार २८२ को लागतमा पक्की पुल निर्माण सुरु भएको हो । ।
गमगढी बजारको प्रवेश नाकास्थित सडकका विभिन्न अप्ठेरा मोड फराकिलो बनाइँदै । सडक डिभिजन कार्यालय जुम्लाले यस स्थानमा मालवाहक गाडी र यात्रुवाहक गाडी आवत जावत गर्न समस्या भएपछि सडक चौडा र सुधार गर्न लागेको छ ।
काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका-१० स्थित चण्डेनी तीनधारामा नमूना तामाङ बस्तीका लागि निर्माण गरिएका भूकम्प प्रतिरोधी घर । स्थानीय तामाङ संस्कृतिमार्फत आन्तरिक वाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ३० घरमा होम स्टेसहितको नमूना तामाङ बस्ती निर्माण थालिएको हो ।
विसं २०७२ को भूम्पले क्षति पुर्‍याएको काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरमा रहेका मठमन्दिर पुनःनिर्माण गरिँदै ।
नेपाल विद्युत प्राधिकरणले म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दानामा निर्माण गरेको २२० केभी क्षमताको सव–स्टेशन । परीक्षण सकिएको यो सवस्टेशन केही दिनमै सञ्चालनमा ल्याउने तयारी छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा १३ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको विद्युत गृह निर्माणको तयारी गरिँदै ।
पाल्पाको रामपुर नगरपालिकामा निर्माणाधीन १५ शैयाको आयुर्वेद अस्पताल भवन ।

तस्वीर : रासस

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ११ : ४० बजे

आज राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक

निजामती सेवा विधेयकमा अनधिकृत परिवर्तन गरिनु देश र जनताप्रतिको अपराध : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निजामती सेवा विधेयक

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।

एसीसी यु-१६ : भुटानविरुद्ध नेपालका बजगाईं र श्रीवास्तवले बनाए अर्धशतक

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा आज

ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते

हेटौँडा– पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चार्जिङ प्वाइन्ट नजिकै