विकास निर्माणका काम धमाधम (फोटो फिचर) « Khabarhub

विकास निर्माणका काम धमाधम (फोटो फिचर)


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशभर अहिले सडक मर्मतलगायतका विभिन्न आयोजनाको निर्माण कार्य जारी छ । धेरै ठाउँमा पुलको शिलान्यास तथा उद्घाटन भएका छन् ।

खानेपानी आयोजना, सडक विस्तार आयोजना तथा जलविद्युत आयोजना पनि क्रमश: भइरहेका छन् । विकासका काममा स्थानीयबासीको सक्रिय सहभागिता छ ।

तस्वीरमा हेर्नुहोस विकास आयोजनाका काम :

नलगाड नगरपालिका-७ मा विद्युत उत्पादन गृह निर्माण गरी ११७ मेगावाट विद्युत उत्पादन गर्नका लागि नलगाड जलविद्युत आयोजनाद्वारा निर्माण गरिएका भौतिक संरचना । कर्मचारीका आवास गृह, नेपाली सेनाको सुरक्षा कार्य दलको आवास, हेलिप्याड निर्माण भइसकेको छ ।
खानेपानी तथा उर्जा विकास कार्यालय जाजरकोटले शिवालय गाउँपालिका-२ मा १३५ घरधुरीलाई एक घर, एक धारा निर्माण गर्ने उद्देश्यका साथ रु २० लाखमा डुङ्ग्राखोला ढाडमेला लामाकाटिया खानेपानी योजना निर्माण कार्य जारी रहको छ । यसै आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
दोर्दीखोला जलविद्युत आयोजनाको पाइप लाइनको काम गर्दै कामदार । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा लमजुङमा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत आयोजनाको पाइप लाइनको काम गर्दै कामदार । सो आयोजनाको ९६ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।
लमजुङ बेँसीशहर नगरपालिका-८ फूलबारी चोकमा सोमबार दिउसो पुरानो पाइप हटाएर नयाँ खानेपानी पाइप जडान गर्दै प्राविधिक । सहभाचोक खानेपानी आयोजनाको पानी बेँसीशहरको सबै घरघरमा लैजानका लागि नयाँ पाइप जडान कार्य भइरहेको छ ।
तनहुँको घिरिङ गाउँपालिका-४ नयाँटारस्थित तिरन्दीखोलामा पक्की पुल निर्माण शुरु गरिँदै । तिरन्दीखोलामा रु तीन करोड १४ लाख एक हजार २८२ को लागतमा पक्की पुल निर्माण सुरु भएको हो । ।
गमगढी बजारको प्रवेश नाकास्थित सडकका विभिन्न अप्ठेरा मोड फराकिलो बनाइँदै । सडक डिभिजन कार्यालय जुम्लाले यस स्थानमा मालवाहक गाडी र यात्रुवाहक गाडी आवत जावत गर्न समस्या भएपछि सडक चौडा र सुधार गर्न लागेको छ ।
काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका-१० स्थित चण्डेनी तीनधारामा नमूना तामाङ बस्तीका लागि निर्माण गरिएका भूकम्प प्रतिरोधी घर । स्थानीय तामाङ संस्कृतिमार्फत आन्तरिक वाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ३० घरमा होम स्टेसहितको नमूना तामाङ बस्ती निर्माण थालिएको हो ।
विसं २०७२ को भूम्पले क्षति पुर्‍याएको काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरमा रहेका मठमन्दिर पुनःनिर्माण गरिँदै ।
नेपाल विद्युत प्राधिकरणले म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दानामा निर्माण गरेको २२० केभी क्षमताको सव–स्टेशन । परीक्षण सकिएको यो सवस्टेशन केही दिनमै सञ्चालनमा ल्याउने तयारी छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा १३ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको विद्युत गृह निर्माणको तयारी गरिँदै ।
पाल्पाको रामपुर नगरपालिकामा निर्माणाधीन १५ शैयाको आयुर्वेद अस्पताल भवन ।

तस्वीर : रासस

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ११ : ४० बजे

प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

लमजुङ– कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य, तातोपानीका

धागोबाट सृजना, आत्मनिर्भर बन्दै आमाहरू

दाङ– दाङको बङ्गलाचुलीकी सुमिला नेपाली घोराही बसेर छोरी पढाउँदै आएकी

चितवनको खैरहनीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन – पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–०१ स्थित शाहीचोकमा बसको

गाजासम्बन्धी ट्रम्पको १५ बुँदे प्रस्ताव इजरायलले गर्‍यो अस्वीकार

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा

शिक्षासहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ ।