जर्ज वासिङटनको एक प्रेरक प्रसङ्ग « Khabarhub

जर्ज वासिङटनको एक प्रेरक प्रसङ्ग


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्रिटिस उपनिवेशवादबाट अमेरिकालाई मुक्त पारिसकेपछि अमेरिकाका राष्ट्रपति जर्ज वासिङ्टनले आफ्नो सेना भङ्ग गर्ने घोषणा गरे ।

सेनापतिले भने— ‘श्रीमान्, सेना राष्ट्रको मेरुदण्ड हुन्छ । सेनाबिना राष्ट्रको कल्पना पनि गर्न सकिँदैन ।’

जर्ज वासिङ्टनले भने— कुनै राष्ट्रको मेरुदण्ड उसको सेना होइन । उसको सामूहिक शक्ति, समृद्धि तथा जनताको चरित्र बल हुन्छ । हामीले यस्तो प्रजाको निर्माण गर्नुपर्छ । जसले राष्ट्रको रक्षाका लागि आफ्नो उत्तरदायित्व सम्झोस् ।

हाम्रो राष्ट्रको प्रत्येक नागरिकमा यस्तो भावनाको विकास भयो भने सङ्कट आउँदा राष्ट्रका लागि रगतको अन्तिम थोपासमेत बगाइदिन सक्नेछन् । यसका लागि दृढ सङ्कल्प लिई सैनिकको भेषमा राष्ट्रिय झण्डामुनि लामबद्ध भएर उभिन सक्नेछन् ।’

साभार : ‘महान् व्यक्तिका प्रेरक प्रसङ्गहरु’ किताबबाट

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ११ : ३८ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या