जर्ज वासिङटनको एक प्रेरक प्रसङ्ग | Khabarhub Khabarhub

जर्ज वासिङटनको एक प्रेरक प्रसङ्ग


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्रिटिस उपनिवेशवादबाट अमेरिकालाई मुक्त पारिसकेपछि अमेरिकाका राष्ट्रपति जर्ज वासिङ्टनले आफ्नो सेना भङ्ग गर्ने घोषणा गरे ।

सेनापतिले भने— ‘श्रीमान्, सेना राष्ट्रको मेरुदण्ड हुन्छ । सेनाबिना राष्ट्रको कल्पना पनि गर्न सकिँदैन ।’

जर्ज वासिङ्टनले भने— कुनै राष्ट्रको मेरुदण्ड उसको सेना होइन । उसको सामूहिक शक्ति, समृद्धि तथा जनताको चरित्र बल हुन्छ । हामीले यस्तो प्रजाको निर्माण गर्नुपर्छ । जसले राष्ट्रको रक्षाका लागि आफ्नो उत्तरदायित्व सम्झोस् ।

हाम्रो राष्ट्रको प्रत्येक नागरिकमा यस्तो भावनाको विकास भयो भने सङ्कट आउँदा राष्ट्रका लागि रगतको अन्तिम थोपासमेत बगाइदिन सक्नेछन् । यसका लागि दृढ सङ्कल्प लिई सैनिकको भेषमा राष्ट्रिय झण्डामुनि लामबद्ध भएर उभिन सक्नेछन् ।’

साभार : महान् व्यक्तिका प्रेरक प्रसङ्गहरुकिताबबाट

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ११ : ३८ बजे

६२ अंकले बढ्यो नेप्से, व्यापार बाहेक सबै समूह हरियाली

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६२.२९ अंकले बढेको छ

गिरीबन्धुदेखि ओम्नी प्रकरणसम्म छानबिन गर्न सरकारलाई एमालेको चुनौती 

काठमाडौं– नेकपा (एमाले) का नेता कृष्णभक्त पोखरेलले भ्रष्टाचारको कुनै पनि

दुर्गा प्रसाईंको बोलीमाथि कसले लगाउने लगाम ?

काठमाडौं– ‘जेन-जी विद्रोह’ पश्चात सरकार र राजनीतिक अभियन्ता दुर्गा प्रसाईंको

नुवाकोटका किसान बर्सातकै बीचमा धान भित्र्याउन व्यस्त

त्रिशूली– यहाँका किसान धानबाली भित्र्याउन व्यस्त देखिएका छन् । लगातारको

संरक्षित वन्यजन्तुको ओखेटोपहारसहित दुई युवक पक्राउ

काठमाडौं– भालुको पित्तजस्तो देखिने संरक्षित वन्यजन्तुको आखेटोपहारसहित दुई युवा पक्राउ