२४ घण्टामा कहाँ कति कोरोना संक्रमित थपिए ? (जिल्लागत विवरण) « Khabarhub

२४ घण्टामा कहाँ कति कोरोना संक्रमित थपिए ? (जिल्लागत विवरण)


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा एकैदिन ७ हजार २११ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । पीसीआर विधिबाट गरिकएको परीक्षणमा ७ हजार १३४ र एन्टिजेन विधिबाट ७४ जनामा संक्रमण पुष्टि भएको हो ।

यो नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ ।

यही अवधिमा थप १ हजार ६१२ जना निको पनि भएका छन् । नेपालमा हालसम्म २ लाख ८३ हजार ९९४ जना संक्रमित निको भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ । हालसम्म ३ हजार ३ सय २५ जनाले ज्यान गुमाइसकेका छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ८, उदयपुरमा ५, ओखलढुंगामा ४, खोटाङमा २, झापामा ८५, ताप्लेजुङमा २, तेह्रथुममा १, धनकुटामा पाँचथर १, भोजपुरमा २, मोरङमा २४९, संखुवासभामा १, सुनसरी ७२ र सोलुखुम्बुमा १ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा २८८, पर्सामा ११२, बारामा ४४, महोत्तरीमा १०७, रौतहटमा ३६, सप्तरीमा १७, सर्लाहीमा २७ र सिरहामा ३२ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र २७ सय ४४ जनामा कोरोना भेटिएको छ। काभ्रेमा २३, चितवनमा ७७, दोलखामा ८, धादिङमा १२०, नुवाकोटमा ४६, भक्तपुरमा ३०१, मकवानपुरमा १६९, रसुवामा ४, रामेछापमा १३, ललितपुरमा ५५०, सिन्धुपाल्चोकमा ३३ र सिन्धुली ३२ जनामा कोरोना पुष्टि भएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ६९, गोरखामा १६, तनहुँमा १४, नवलपरासी पूर्वमा १९, पर्वत ७, म्याग्दी ७, लमजुङमा ८, बागलुङमा ६ र स्याङजामा ६ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३७, कपिलवस्तुमा ४१, गुल्मीमा ११, दाङमा १३३, नवलपरासीमा ८०, पाल्पामा ११, प्यूठानमा ३, बर्दियाका ५१, बाँकेमा ४०६, रुकुम पूर्व ५, रुपन्देहीमा ४६६ र रोल्पामा ५जना छन्।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा ७, जुम्ला १०, डोल्पा १, दैलेखमा २५, मुगु ७, रुकुम पश्चिममा १, सल्यानमा ५, सुर्खेतमा १७४ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा ८ , कञ्चनपुरमा २४, कैलालीमा २३२, डडेल्धुरामा २८, डोटी १९, दार्चुला १, बझाङमा १, र बैतडीमा ३८ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ५ : २२ बजे

धोबीखोला करिडोरका सुकुम्वासी बस्तीमा डोजर, हेर्नुहोस् ड्रोन भ्यू

काठमाडौं– शनिबार काठमाडौंको धोबीखोला करिडोर आसपासका अतिक्रमित सरकारी जग्गामा निर्माण

अमेरिकी विशेष दूत गोर र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष

रोल्पा दुर्घटनाबारे रास्वपापछि बोल्यो प्रधानमन्त्री कार्यालय, चार सदस्यीय छानबिन समिति गठन

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रोल्पाको थवाङ गाउँपालिका–१, सल्यापमा भएको

उत्पादन बढाउन माइजोगमाईमा सामूहिक खेती

इलाम– माइजोगमाई गाउँपालिका–४ नामसालिङ गाउँका १६ परिवार सामूहिकखेती गर्छन् ।

अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण

एजेन्सी– अमेरिका र इरानबीच सुरु भएको युद्धका क्रममा मध्यपूर्व क्षेत्रमा