२४ घण्टामा कहाँ कति कोरोना संक्रमित थपिए ? (जिल्लागत विवरण) | Khabarhub Khabarhub

२४ घण्टामा कहाँ कति कोरोना संक्रमित थपिए ? (जिल्लागत विवरण)


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा एकैदिन ७ हजार २११ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । पीसीआर विधिबाट गरिकएको परीक्षणमा ७ हजार १३४ र एन्टिजेन विधिबाट ७४ जनामा संक्रमण पुष्टि भएको हो ।

यो नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ ।

यही अवधिमा थप १ हजार ६१२ जना निको पनि भएका छन् । नेपालमा हालसम्म २ लाख ८३ हजार ९९४ जना संक्रमित निको भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ । हालसम्म ३ हजार ३ सय २५ जनाले ज्यान गुमाइसकेका छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ८, उदयपुरमा ५, ओखलढुंगामा ४, खोटाङमा २, झापामा ८५, ताप्लेजुङमा २, तेह्रथुममा १, धनकुटामा पाँचथर १, भोजपुरमा २, मोरङमा २४९, संखुवासभामा १, सुनसरी ७२ र सोलुखुम्बुमा १ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा २८८, पर्सामा ११२, बारामा ४४, महोत्तरीमा १०७, रौतहटमा ३६, सप्तरीमा १७, सर्लाहीमा २७ र सिरहामा ३२ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र २७ सय ४४ जनामा कोरोना भेटिएको छ। काभ्रेमा २३, चितवनमा ७७, दोलखामा ८, धादिङमा १२०, नुवाकोटमा ४६, भक्तपुरमा ३०१, मकवानपुरमा १६९, रसुवामा ४, रामेछापमा १३, ललितपुरमा ५५०, सिन्धुपाल्चोकमा ३३ र सिन्धुली ३२ जनामा कोरोना पुष्टि भएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ६९, गोरखामा १६, तनहुँमा १४, नवलपरासी पूर्वमा १९, पर्वत ७, म्याग्दी ७, लमजुङमा ८, बागलुङमा ६ र स्याङजामा ६ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३७, कपिलवस्तुमा ४१, गुल्मीमा ११, दाङमा १३३, नवलपरासीमा ८०, पाल्पामा ११, प्यूठानमा ३, बर्दियाका ५१, बाँकेमा ४०६, रुकुम पूर्व ५, रुपन्देहीमा ४६६ र रोल्पामा ५जना छन्।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा ७, जुम्ला १०, डोल्पा १, दैलेखमा २५, मुगु ७, रुकुम पश्चिममा १, सल्यानमा ५, सुर्खेतमा १७४ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा ८ , कञ्चनपुरमा २४, कैलालीमा २३२, डडेल्धुरामा २८, डोटी १९, दार्चुला १, बझाङमा १, र बैतडीमा ३८ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ५ : २२ बजे

बुङ्गल हाइड्रोको आइपीओ भदौ १६ गते निष्काशन हुने

काठमाडौं– बुङ्गल हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) निष्काशन

नेपाल पर्वतारोहण सङ्घको अध्यक्षमा शेर्पा विजयी

काठमाडौं – पर्वतीय पर्यटन व्यवसायीको छाता संस्था नेपाल पर्वतारोहण सङ्घ

सामुदायिक विद्यालयर सुधारको विषयमा छलफल

काठमाडौं – सामुदायिक विद्यालय सुधारको विषयमा छलफल भएको छ। शनिबार

पहिरो रोकथाम गर्न ‘बायो इञ्जिनियरिङ’ प्रविधि

गलकोट – बागलुङ बोक्से–सिगाना सडकको संरक्षणका लागि ‘बायो इञ्जिनियरिङ’ प्रविधि

रौतहटमा शङ्कास्पद सुटकेसमा महिलाको शव

रौतहट– रौतहटमा शनिबार राति फेला परेको शङ्कास्पद सुटकेसभित्र महिलाको शव