मापदण्डअनुसार बाटो नुहुँदा जलमग्न बन्यो गैंडाकोट « Khabarhub

मापदण्डअनुसार बाटो नुहुँदा जलमग्न बन्यो गैंडाकोट



नवलपुर– नवलपरासीपूर्वको गैंडाकोट नगरपालिकामा मुख्य बजार क्षेत्रमा पानीको निकास नहुँदा यो वर्ष पनि जलमग्न भएको छ ।

गत वर्षको वर्षामा पनि गैंडाकोट नगरपालिकाको राजमार्ग आसपासको मुख्य बजार क्षेत्र डुबानमा परेको थियो । पानीको निकास नहुँदा गत वर्ष हप्तौंसम्म गैंडाकोटमा डुबानमा परेको थियो ।

बुटवल–नारायणघाट सडक खण्डको सडक विस्तारका लागि निर्माणाधिन बाटोमै खनेर हप्तौंपछि पानीको निकास गरिएको थियो । नगरपालिकाका जनप्रतिनिधिहरुले यो समस्या तत्कालै समाधान हुने बताए पनि दीर्घकालिन योजना बन्न नसक्दा यो वर्ष पनि समस्या उस्तै देखिएको छ ।

बुधबारदेखि परेको वर्षाले गैंडाकोट नगरपालिकाको वडा नम्बर २, वडा नम्बर ४ झपर्दी क्षेत्र, वडा नम्बर ९ को राजमार्गको उत्तरतर्फको क्षेत्र पानीले तालाताल छ ।

यस्तै, गैंडाकोट नगरपालिकाको वडा नम्बर ५, ६ र ७ का केही स्थानहरुमा पानीले निकास नपाउँदा जलमग्न भएको छ ।

नगरपालिकाको मापदण्डअनुसार बाटो तथा नाली निर्माणको काम नगरिँदा वर्षेनि समस्या बन्दै गएको छ । ठाउँ ठाउँमा बनाइएका प्लटिङमा मापदण्डअनुसारका बाटो र ढल निकास तथा नाली निर्माणको काम हुन सकेको छैन ।

नारायणी नदी किनारमै जिल्लाको पुरानो नगरपालिका भएर पनि ब्यवस्थित हुन नसक्दा समस्या देखिएको छ । नगरपालिका क्षेत्रमा कालोपत्रे गरिँदा मापदण्ड पुग्न नसकेकै कारण पनि वर्षेनि पानीले निकास पाउन सकेको छैन ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ६ : १५ बजे

‘देउवा दाइको चाहना महाधिवेशन रोकेर गगनजीहरू संवादमा आऊन् भन्ने छ’

काठमाडौं– नेपाली कांग्रेसका नेता रमेश लेखक पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र

फर्की आउने आश छैन, ‘गुडबाई’ भन्ने आँट छैन

काठमाडौं– सपना हो कि विपना हो यो, के हो जिन्दगी

पोखरा विश्वविद्यालयका चार संकायमा डिन नियुक्तिका लागि आवेदन आह्वान

पोखरा – पोखरा विश्वविद्यालयले चारवटै संकायमा खुला प्रतिस्पर्धाका आधारमा डिन

कान्ति राजमार्गको एकतर्फी नियम हटाइयो

हेटौँडा – हेटौँडाबाट काठमाडौँ जोड्ने त्रिभुवन राजपथ (बाइरोड) र कान्ति

‘बुद्ध-परिपथ’ निर्माण सुरु: काभ्रेका पनौती, नमोबुद्ध र तेमाल जोडिँदै

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई