मनसुनको सक्रियतापछि उत्पन्न विपद्‌बाट ३३ जनाको मृत्यु « Khabarhub

मनसुनको सक्रियतापछि उत्पन्न विपद्‌बाट ३३ जनाको मृत्यु


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मनसुनको सक्रियतासँगै उत्पन्न विपदबाट अहिलेसम्म ३३ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार ३० जना बेपत्ता छन् । ३० जना घाइते छन् ।

नेपालमा यो वर्ष २८ जेठबाट मनसुन शुरु भएको थियो ।

बाढी, पहिरो तथा डुबान र कटानबाट ४ सय ७५ घरमा आंशिक क्षति भएको छ भने १ सय १२ घरमा पूर्णरूपमा क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ ।

तथ्यांकअनुसार यो अवधिमा सबैभन्दा बढी सिन्धुपाल्चोकमा पाँच जनाले बाढी तथा पहिरोमा परेर ज्यान गुमाएका छन् भने डोटीमा चार जनाको ज्यान गएको छ । यस्तै, रोल्पामा पहिरोमा परेर तीन जनाको ज्यान गएको छ भने प्युठानमा पहिरो, रौतहटमा बाढी, तनहुँ र चितवनमा पहिरोका घटनामा परेर दुई/दुई जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ ।

यसैगरी, बाजुरा, गोरखा, पाल्पा, अर्घाखाँची, कास्की, काभ्रे, कालिकोट, सप्तरी, बझाङ, पाँचथर, रोल्पा, दाङ र सिन्धुलीमा एक/एक जनाको ज्यान गएको छ । यस्तै, जुम्लामा हिम पहिरोमा परेर एक जनाको ज्यान गएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले कतिपय स्थानमा भौगोलिक अवस्थाका कारण अनुमान गर्न नै मुस्किल पर्ने गरेको बताए । उनले केही दिनअघि सिन्धुपाल्चोकमा आएको बाढी पूर्वानुमानभन्दा बाहिर रहेकोसमेत जानकारी दिए ।

योवर्ष हिमाली क्षेत्रबाट पानी पर्न शुरु गरेकाले मनसुनमा पनि जलवायु परिवर्तनको असर देखिएको उनले बताए ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ८ : ५५ बजे

नयाँ आर्थिक वर्षको पहिलो दिन ७९ अंकले बढ्यो नेप्से

काठमाडौं– आर्थिक वर्ष ०८३/८४ को पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज

भाइरल बन्न ‘चिप’ शब्द हाल्दा बहिष्कारमा दुर्गेश-प्रियंका

काठमाडौं – एक नाबालिग गायिकाको बालत्कार प्रकरणमा जोडिएपछि बहिष्कारमा परेका

मनिता मृत्यु प्रकरणमा परिवारलाई ३९ लाख क्षतिपूर्ति दिन अदालतको आदेश

काठमाडौं– उपभोक्ता अदालतले प्रसूतिको क्रममा मृत्यु भएका मनिता शर्माको परिवारलाई

प्रधानमन्त्रीको बाचा : स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनमा सरकारले

एनसेल एपमा ‘शेक एन्ड विन’, ग्राहकलाई सर्प्राइज उपहारहरू 

काठमाडौं– एनसेलले एनसेल एपमा आकर्षक ‘शेक एन्ड विन’ अफर सञ्चालनमा ल्याएको छ