हलुका सवारी साधन चल्नेगरी गैँडाकोटमा बनाइयो नयाँ डाइभर्सन « Khabarhub

हलुका सवारी साधन चल्नेगरी गैँडाकोटमा बनाइयो नयाँ डाइभर्सन


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– अविरल वर्षापछि आएको बाढीले नवलपरासीपूर्व गैंडाकोटमा डाइभर्सन बगाउँदा अवरुद्ध पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डमा साना सवारी पास हुने गरी नयाँ डाइभर्सन बनाइएको छ ।

डाइभर्सन बनाएसँगै रोकिएका साना साना सवारी साधान चलाउन थालिएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।

पुरानोलाई बनाउन समय लाग्ने भएकाले नयाँ डाइभर्सन बनाएर अलपत्र सवारीसाधनलाई सुचारु गरिएको इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले जानकारी दिइन् ।

ठूला सवारी साधन आवतजावत गर्नका लागि पुरानै डाइभर्सन मर्मत गर्नुपर्ने भएकाले शुक्रबारसम्म समय लाग्ने उनले बताइन् ।

हिजो बिहान आएको बाढीले सो सडकअन्तर्गत गैँडाकोटको २३ स्मृति पुल, हडबडे खोला, पितौजी पुलसहित चार स्थानको डाइभर्सन बगाएको थियो ।

सडक अवरुद्ध भएपछि पूर्वबाट पश्चिमतर्फ जाने सवारी साधनहरु गैँडाकोटमा नै रोकिएका थिए भने पूर्वतर्फ जाने सवारी साधनहरु डण्डामा रोकिएका थिए ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ९ : ४७ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस